रमेश कुमार यादब
फाल्गुन १७, रौतहट
माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको ६० वर्षको उमेरमा निधन भएको छ । वडाअध्यक्ष मुखियाको सम्झनामा नगरकार्यपालिकाको कार्यापालिकाको मातहातमा रहेको सबै वडाकार्यालय, स्वास्थ्य संस्था, बिधालय , तथा बिषयगत शाखाहरुमा आज आईतबारका दिन शोक बिदा रहने भन्दै नगर प्रमुख बैजनाथ प्रसाद यादबद्धारा हस्ताक्षर शोक बिदामा उल्लेख
गरिएको हो ।
वडाअध्यक्ष लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित मुखियाको शनिबार बिहान आफ्नै निवासमा निधन भएको हो । माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवका अनुसार मुखियाले पछिल्लो केही महिनादेखि स्वास्थ्य समस्याका कारण नियमित उपचार गराइरहेका थिए । क्यान्सरको अवस्था गम्भीर बन्दै गएपछि उनलाई केही समयअघि अस्पताल भर्ना गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि घरमै आराम गरिरहेका थिए ।
रामदेनी मुखिया नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट २०७४ सालदेखि नै वडाध्यक्षमा निर्वाचित हुँदै आएका थिए ।
स्थानीयस्तरमा लोकप्रिय नेताका रूपमा परिचित मुखियाले वडाको विकास र जनसेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले सडक, विद्यालय सुधार, स्वास्थ्य सेवा र अन्य स्थानीय विकासका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका थिए । आफ्नो कार्यकालभरि उनले स्थानीयबासीको सेवामा समर्पित रहेर विभिन्न विकास योजनाहरू अगाडि बढाएका थिए । उनी इमानदार, कर्मठ, र जनप्रिय नेताका रूपमा चिनिन्थे ।
उनको निधनप्रति माधवनारायण नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । नगरपालिकाका प्रमुख यादवले मुखियाको योगदानको प्रशंसा गर्दै उनको निधनले वडामा अपूरणीय क्षति पुगेको बताए । मुखियाको अन्त्येष्टि आजै बागमति नदिको किनारमा
पारिवारिक धार्मिक परम्पराअनुसार गरिएको परिवारजनले जानकारी दिएका छन् ।
श्रद्धाञ्जलि स्वरूप स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, समाजसेवी तथा नागरिक समाजका प्रतिनिधिहरू उनको अन्तिम संस्कारमा सहभागी भएको थियो ।
वडाध्यक्ष मुखियाको निधनमा नगरपालिकाले दियो एक दिने शोक बिदा


