रमेश कुमार यादब
फाल्गुन १७, रौतहट
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले फैसला कार्यान्वयन अभियान अन्तर्गत विभिन्न मुद्दामा फरार रहेका १० जना प्रतिवादी र १ जना तस्करलाई पक्राउ गरेको छ । प्रहरीले लामो समयदेखि फरार रहेका १० जना प्रतिवादीलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराएको हो। साथै, भन्सार छली गरी अवैध सामान ल्याउँदै गरेका एक जना तस्करलाई समेत पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा विभिन्न अपराधमा संलग्न रहेका व्यक्तिहरू छन्। पक्राउ पर्नेहरूको विवरण निम्नानुसार छः सफी आलम – कुटपिट मुद्दा , रुवाना खातुन – कुटपिट तथा कुटपिट मुद्दा , महेंद्र साह – जालसाजी मुद्दा , शेख हैदर अली – जुवा मुद्दा , नन्दकिशोर राम – किरते जालसाजी मुद्दा, राम एकवाल चौधरी – वन अपराध मुद्दा , निरञ्जन पासवान – मोटरसाइकल चोरी मुद्दा, प्रभु हजार – चेक अनादर मुद्दा , मेघु हजरा – घरेलु हिंसा मुद्दा, सुनिता कुमारी – शिक्षा सम्बन्धी मुद्दा त्यस्तै, प्रहरीको विशेष निगरानीका क्रममा गरुडा नगरपालिका–६ निवासी २० वर्षीय पवन कुमार यादव भारतीय सीमावर्ती बजारबाट भन्सार छलीका सामग्री ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।
यादवले नेपाल भित्र्याउन खोजेका सामानको मूल्य रु. २,११,०५० रहेको प्रहरीले जनाएको छ । यादवले ल्याएका सामान तथा प्रयोग गरिएको मोटरसाइकललाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले अपराधमा संलग्न रहेका फरार प्रतिवादीहरूको खोजी तीव्र पारिएको जानकारी दिए।
साथै, अवैध व्यापार तथा तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी कडा पारिएको उनले बताए । प्रहरीले कानूनी राज्यको प्रत्याभूति गर्न तथा अपराध नियन्त्रणका लागि सर्वसाधारणलाई पनि सन्देह लागेका गतिविधिहरूको सूचना दिन आग्रह
गरेको छ ।