रबिन्द्र प्रजापति,
फागुन १९,रौतहट
रौतहट सहित तराई मधेशका होली पर्व लोप हुदै गइरहेको छ । होली पर्वको आगमनसंगै कुनैबेला गाउघरमा राति गुन्जिने होली गीत अचेल लोप हुंदै गइरहेको छ । वसन्त ऋतुको आगमनसंगै श्रीपञ्चमीदेखि फागुन पूर्णिमासम्म गाइने फागुन गीत लोप हुन थालेकोमा जोगिरा गायक दुःखी छन् । उहिले गीत गाएरै फागुन आएको संकेत गरिन्थ्यो, अब न त ढोल, मृदंग नै बज्छन न त फागुन गीत नै गुञ्जिन्छन् ।
जोगीरा सररररर कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ कौन तालपर गोरिया नाचे कौन तालपर हम भन्ने गीत, ढोल, मृदंग र डम्फूको स्वर अब विरलै सुन्न पाइन्छ । पहिले पहिले त गाउ को बीचमा रहेको कुनै ठाउमा गाउका मानिस बसेर अबेर रातिसम्म जोगीरा गाइन्थ्यो तर अब जोगीरा नसुनेको पनि धैरै भयो । समयको परिवर्तन र गाउँका युवा रोजगारीमा विदेशिएपछि गीत विरलै सुनिन थालेको हो सांस्कृतिक एवम् ऐतिहासिक पर्व फागु रहेको छ होलीको पौराणिकता अब कहां रह्यो र दिनहुँजसो हुने झैझगडाले गर्दा नत अब होलीको रौनक छ, नत माधुर्य नै ।
अबको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनस्यपूर्ण भएको छ । प्रेम र सद्भावको ठाउ मा राग र द्वेष देखापरेकाले होलीसंगै जोगीरा गीत पनि प्रभावित भएको पाइएको छ । यो वर्षको होली चैत १ गते शुक्रबारको दिन परेको छ । होलीपर्व आउन दुई हप्ता मात्र बाकी रहेको छ तर परापूर्वकालदेखि गाउदै आएको होली गीत जोगीरा लोप हुंदै गएकोमा बुढापाकाले यसको संरक्षणमा युवावर्ग अगाडि आउनुपर्नेमा जोड दिंदै आएका छन् । अहिले बजारमा पाइने जोगीराका अश्लील संस्करणहरुले पनि
परम्परागत होलीगीतमाथि धावा बोलेका छन् ।
आद्युनिकताले पूरानो परम्परा लोप हुंदै गएको छ । सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होली पर्वले सबै जातजातिलाई प्रभाव पारेको छ तर यसको रौनकता नै समाप्त भएर जान लागेको भान भएको छ । पहिले होलीमा गाइने गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो तर अहिले अश्लील भोजपुरी गीत बढी गाउन थालिएको छ ।