नगर विकासमा बृन्दावन नगर प्रमुख कुर्मिको फड्को : विपक्षीको अवरोध चिर्दै अगाडि

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ फागुन २२, बिहिबार (१२ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

रमेश कुमार यादब
फाल्गुन २१, रौतहट

बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मिले नगर विकासका क्षेत्रमा उल्लेखनीय काम गर्दै अघि बढेको दाबी गरेका छन् । बुधबार बृन्दावन नगरपालिकाको वार्ड नम्बर ६ हर्षाहामा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा एस) बृन्दावन नगर कमिटीको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वमा नगर विकासले तीव्र गति लिएको बताए । नगर प्रमुख कुर्मिले भने, “हामीले २०७९ सालमा स्थानीय तहको निर्वाचन जितेपछि नगरको समग्र विकासलाई तीव्र बनाउन काम गरिरहेका छौं । तर, विपक्षीहरूले निरन्तर हामीलाई कमजोर बनाउने प्रयास गर्दै आएका छन् ।

विभिन्न षड्यन्त्र, अवरोध, र अफवाहहरू फैलाएर हाम्रो टिमलाई असफल बनाउन खोजिएको छ । तर, हामी सबै अवरोधलाई चिर्दै नगरलाई समृद्ध बनाउन प्रतिबद्ध छौं ।” उनले नगरका विभिन्न वडाहरूमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, र सामाजिक सुधारका कामहरू तीव्र रूपमा भइरहेको उल्लेख गरे । उनका अनुसार नगरपालिकाले तीन वर्षभित्रै उल्लेखनीय कामहरू सम्पन्न गरिसकेको छ, जुन अघिल्लो कार्यकालमा पाँच वर्षसम्म हुन सकेन ।

नगर विकासमा उल्लेखनीय उपलब्धि नगर प्रमुख कुर्मिले आफ्नो कार्यकालमा भएका मुख्य उपलब्धिहरू उल्लेख गर्दै भने, “हामीले सडक ढलान, नाला निर्माण, विद्यालय सुधार, खानेपानी व्यवस्थापन लगायतका विकास निर्माणका कार्यहरू प्राथमिकतामा राखेर अघि बढाएका छौं । नगरका सबै वडाहरूमा विकासका कार्यहरू व्यापक रूपमा भइरहेका छन् । केही महत्वपूर्ण योजनाहरू अन्तिम चरणमा छन् भने केही योजनाहरू कार्यान्वयनको प्रक्रियामा छन् ।” उनका अनुसार नगरका दुर्गम क्षेत्रहरूमा समेत सडक निर्माण र विस्तार कार्य
भइरहेको छ । उनले विशेष गरी शिक्षाको क्षेत्रमा सुधार ल्याउन नगरपालिकाले विभिन्न योजनाहरू लागू गरिरहेको बताए । विद्यालयहरूको स्तरोन्नति, नयाँ भवन निर्माण, गुणस्तरीय शिक्षाको लागि आवश्यक पूर्वाधार निर्माण जस्ता कार्यहरूलाई उनले आफ्नो प्राथमिकता रहेको बताए ।
विपक्षीको आरोप र नगर प्रमुखको प्रतिवाद
नगर प्रमुख कुर्मिले विपक्षी दलहरूले निरन्तर नगरपालिकाको कामकारबाहीमा अवरोध सिर्जना गर्न खोजेको आरोप लगाए । उनले भने, “हाम्रो टिम जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । तर, केही राजनीतिक स्वार्थ भएका व्यक्तिहरू जनताको काममा अड्चन सिर्जना गर्न खोजिरहेका छन् । उनीहरूले अनेक षड्यन्त्र गरेर हाम्रो टिमलाई असफल बनाउन खोजे पनि हामी दृढताका साथ अघि बढिरहेका छौं ।” उनले थपे, “हामी आलोचनाको सम्मान गर्छौं, तर तथ्यहिन आरोपहरूको प्रतिवाद गर्न तयार छौं । जनताको काममा कुनै पनि किसिमको सम्झौता गर्ने पक्षमा छैनौं ।”

नयाँ नेतृत्वलाई शुभकामना कार्यक्रमको अवसरमा बृन्दावन नगर कमिटीमा नव(निर्वाचित ४३ जना पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै नगर प्रमुख कुर्मिले सफल कार्यकालको शुभेच्छा व्यक्त गरेका छन । उनले भने, “नगरको समृद्धि र विकासका लागि सबैको साथ र सहयोग आवश्यक छ । नव(निर्वाचित पदाधिकारीहरूले नगरको हितमा काम गर्नुपर्छ ।

” नगर प्रमुख कुर्मिले नगर विकासलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै भने, “हाम्रो कार्यकालभर जनताको हरेक चाहना र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नेछौं। हाम्रो लक्ष्य नगरलाई आधुनिक र समृद्ध बनाउने हो।”
नगर प्रमुख बिनोद प्रसाद कुर्मिको नेतृत्वमा बृन्दावन नगरपालिकामा विभिन्न विकास निर्माणका कार्यहरू तीव्र रूपमा अघि बढिरहेका छन्। उनले विपक्षीहरूले अवरोध खडा गर्न खोजे पनि आफूहरू अविचलित रहेको बताए । नगर विकासलाई तीव्र बनाउने प्रतिबद्धताका साथ, उनले जनताको आवश्यकता पूरा गर्न लागिपर्ने वाचा गरे ।

यसरी, बृन्दावन नगरपालिकाले विकासको नयाँ यात्रा तय गरिरहेको छ, जसले नगरलाई आगामी दिनमा थप समृद्ध बनाउने अपेक्षा
गरिएको छ । उक्त दोस्रो अबिधेशनमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपमहासचिव तथा संविधानसभा सदस्य रामकुमार भट्टराई, स्थायी कमिटी सदस्य कल्याणी खड्का , पोलिटब्युरो सदस्य तथा रौतहट जिल्ला इन्चार्ज सरला यादव, सह(इन्चार्ज महेन्द्र चौलागाईं, केन्द्रीय सदस्य रजुद्दिन आलम, केन्द्रीय सदस्य विनिता बख्रेल, निर्वाचन आयोग केन्द्रीय सदस्य भूपेन्द्र खड्का, रौतहट जिल्ला कमिटी अध्यक्ष कमल राय यादव, मधेश प्रदेश कमिटी सदस्य हसिना खातुन, शेख सतार अहमद, मुस्लिम इत्तेहाद मधेश प्रदेश अध्यक्ष सलामोदीन दर्जी, परवेज आलम, रविन्द्र साह लगायत नेताहरू अधिवेशनमा सहभागी थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस