वर्तमानकाल सम्वाददाता
फाल्गुन २१, रौतहट
रौतहट जिल्लाको गौरका स्थानीयले गौर नगरपालिकाले राइस मीलको विषयमा गरेको निर्णय बदर गर्न माग गरेका छन् । गौर नगरपालिकाको कार्यपालिकाले रातारात बन्द कोठामा गौर राईस मिलको मैदान बिक्रि गर्ने गरेको निर्णयप्रति त्यस क्षेत्रका
नागरिकले आपत्ती जनाएका हुन् । बर्षौ देखि खेल मैदानको रुपमा रहेका बहुचर्चित गौर राईस मिल्सको जग्गाबाट ५५ कत्ठा जग्गा नगरपालिकाको नाममा पास गरेर बाँकी जग्गा फुकुवा गर्ने कुरा बाहिरिएपछि एकाएक गौर सहित संघिय सदन तात्एिका छन् ।
गौर राईस एण्ड फ्लोर मिल कम्पनीका शेयरधनीहरु पटक पटक सर्वोच्च अदालत देखि लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्म नगरपालिकाले अनावश्यक रुपमा रोक्का राखिराख्न मनासिव नदेखिएको भन्दै गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले उक्त कम्पनी संग कुरा गरेर दुई विगहा १५ हत्ठा अर्थात (पचपन्न कत्ठा) जग्गा निशुल्क यानीकी उपहारमा दिने शर्तमा बाँकी जग्गा एक विगहा १६ कत्ठा जग्गा फुकुवा गर्ने प्रोशेस चालेको खुलासा भएपछि सिंगो रौतहट सहित प्रदेश र संघिय संसद तात्एिका हुन् ।
बिभिन्न पार्टीका सांसद देखि लिएर आमसर्वसाधारण मानिसहरुले रौतहटका गौरवको रुपमा रहेको गौर राइस मिल माथि केही भू माफियाको चलखेलमा बेच्ने खेल भईरहेको भन्दै त्यसप्रति सरकारको ध्यानाकार्षण गराए । उनले उक्त प्रपञ्चको विरुद्धमा अहिले सिंगो गौरवासी नै आन्दोलित रहेको पनि जानकारी गराए । उक्त जग्गा चलखेल गरेर बेच्न खोजिए पछि गौरबासी आन्दोलनमा रहेको बताउदै त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग गरे ।
यस्तै मुख्यमन्त्री सतिशकुमारी सिंहको प्रेस सल्हाकार अनिलकुमार कर्णले विज्ञप्ती जारी गरेर गौरको एतिहाँसिक एवं रौतहटबासीको धरोहरको रुपमा रहेका राइस मिल्सको जग्गा विक्री हुन लागेकोमा मुख्यमन्त्रीको गम्भीर ध्यानाकर्षण भएको छ ।
कानुनी जटिलता, श्रोत व्यवस्थापन र संरक्षणको ठोस प्रयास नहुँदा संकटमा परेका गौर राइस मिल्सको जग्गा सुरक्षित गर्न प्रदेश सरकार जग्गा अधिग्रहणको प्रक्रियालाई तिव्रता दिन ठोस पहल गर्ने प्रतिबद्धता जनाएको हुँदा विक्री वितरण गर्नमा नलाग्न आग्रह गरिएको छ । यसैगरी संविधान सभा सदस्य बबन सिंहले मुख्यमन्त्री सतिशकुमार सिंहलाई उनकै कार्यकक्षमा ज्ञापन पत्र बुझाएर विचौलियाबाट गौर राइस मिल्सको जग्गालाई जोगाउन आग्रह गरे ।
यसै गरी नेपाली काँग्रेसका नगरसभापति मोहन यादव, रौतहट क्रिकेट संघका अध्यक्ष पवन साह सहित विभिन्न
राजनीतिक दलका नेताहरु विज्ञप्ती मार्फत गौर नगरप्रमुखलाई आफनो कदम सच्याउन आग्रह गर्दै यदी त्यस्तो नगरिएमा यहाँ हुने जस्तो सुकै परिस्थितिको जिम्मेवार नगरपालिका र नगरप्रमुख हुने चेतावनी दिएको छ । गौर नगरका पूर्व मेयर बाबुलाल साह कानु, नागरिक समाजका अगुवा जगन्नाथ प्रसाद केसरी, समाजसेवी रामेश्वर राय यादव सहितका व्यत्तित्वहरुले बहालबाला मेयरलाई
राखेर सर्वपक्षिय बैठकको माध्यमबाट समस्याको समाधान निकाल्न सुझाव दिए ।
यता गौर राईस मिल्सको जग्गालाई जुनसुकै परिस्थितिमा जोगाउन गौरका युवाहरुलाई सक्रिय हुन समाजिक संजाल मार्फत अपिल जारी गरिरहेका छन् । यसैले आउने समयमा राईस मिल्सको जग्गाले कतै ठूलो रुप लिने त होइन ? समयमै विचार गरेर समाधानको प्रयासमा लाग्न सम्बध निकाय संग अनुरोध युवाहरुले गरेका छन् ।