रमेश कुमार यादब
फाल्गुन २३, रोतहट
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धकालमा रौतहट जिल्लाको बखरी टोलमा मारिएका माओवादी कार्यकर्ताहरूको सम्झनामा एक संरक्षण पार्क निर्माण गरिने प्रतिबद्धता जनाएका छन् । शुक्रबार, माओवादी केन्द्रद्वारा आयोजित तराई(मधेस जागरण अभियान अन्तर्गत रौतहट जिल्लाको मलाही टोलमा आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त घोषणा गरेका हुन्। उनले २०६० सालमा राज्यपक्ष द्वारा १७ जना माओवादी नेता तथा कार्यकर्ताहरूको निर्मम हत्या गरी बागमती नदी नजिकै गढीमाई नगरपालिका(६, पुलपारी, बखरी टोल मा गाडिएको उल्लेख गरे।

अध्यक्ष प्रचण्डले ती शहीदहरूको सम्झनामा एउटा संरक्षण पार्क निर्माण गरी त्यहाँको ऐतिहासिक मूल्य संरक्षण गर्ने योजना रहेको बताए। उनका अनुसार उक्त पार्क निर्माण भएपछि ः स्थानीय विकासमा टेवा पुग्नेछ । पर्यटकहरूलाई आकर्षित गर्नेछ । त्यहाँ भएको जनयुद्धको इतिहासको बारेमा अध्ययन गर्न सकिनेछ । उनले भने, “हाम्रो क्रान्तिका लागि ज्यान बलिदान गर्ने वीर सहिदहरूको सम्मान गर्न र तिनको सम्झनालाई चिरस्थायी बनाउन हामीले यो निर्णय गरेका हौं । यो पार्क निर्माणले हाम्रो पार्टी र जनताको ऐतिहासिक बलिदानलाई उजागर गर्नेछ ।
“ त्यति मात्र नभएर अध्यक्ष प्रचण्डले रौतहट जिल्ला क्रान्तिकारी आन्दोलनको बलियो आधार भएको भन्दै जनयुद्धको क्रममा यो जिल्ला सामन्ती जमिनदारविरुद्ध संघर्ष गर्ने, किसान आन्दोलनको अगुवा बन्ने र बलिदान दिन पछि नहट्ने ठाउँ भएको स्मरण गरेका थिए । उनले भने, “रौतहटले सधैं संघर्ष र बलिदानको इतिहास बोकेको छ । यहाँका किसानहरूले सामन्तवादविरुद्ध बिद्रोह गर्दै क्रान्तिमा ठूलो योगदान पुर्याएका छन् ।“ साथै उनले जनयुद्धका महान शहीदहरूलाई राष्टिूय स्तरमै शहीद घोषणा गरिएको र तिनलाई राजपत्रमा प्रकाशित गरी सम्मान गरिएको समेत बताए । उनले थपे, “राज्यबाट हजारौं महान शहीदहरूलाई सम्मान गर्ने वातावरण बनेको छ । यो हाम्रो लागि गर्वको कुरा हो ।

“ सोही कार्यक्रममा विभिन्न दल परित्याग गरी करिब ३०० जना नेता कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई अध्यक्ष प्रचण्डले माला र टीका लगाएर स्वागत गरेका थिए । उनीहरूमध्ये धेरैजसो विभिन्न स्थानीय तहका नेता तथा समाजसेवीहरू रहेको बताइएको छ । अध्यक्ष प्रचण्डले जनताको हकहित र अधिकारका लागि माओवादी केन्द्रको संघर्ष जारी रहने बताउँदै नवप्रवेशी कार्यकर्ताहरूलाई पार्टीका नीतिहरू अनुसरण गर्न आग्रह गरे । माओवादी केन्द्रद्वारा सञ्चालित तराई(मधेस जागरण अभियान अन्तर्गत पार्टीले विभिन्न जिल्ला तथा गाउँगाउँमा पुगेर क्रान्तिकारी अभियान चलाइरहेको छ । अध्यक्ष प्रचण्डको नेतृत्वमा भइरहेको यो अभियानले पार्टी संगठनलाई पुनः सशक्त बनाउने, जनसमर्थन जुटाउने र समाजका विभिन्न क्षेत्रमा पार्टीको प्रभाव बढाउने उद्देश्य राखेको छ ।

यस कार्यक्रमलाई प्रदेश सांसद, स्थानीय नेता तथा माओवादी केन्द्रका कार्यकर्ताहरूले सम्बोधन गरेका थिए । रौतहट जिल्लामा माओवादी केन्द्रले अझ सशक्त उपस्थिति जनाउने र संगठन विस्तारलाई तीव्रता दिने योजना रहेको बताइएको छ । जनतासँग माओवादी, तराई(मधेस जागरण अभियानका कारण देशकै ध्यान मधेसमा केन्द्रित भएको समेत उनले बताए ।
मधेसका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने उद्देश्यसहित आफ्नो पार्टीले अभियान सुरु गरेपछि अन्य प्रमुख दलका मुख्य नेता र राष्टिूय मिडियाको ध्यान मधेसतिर केन्द्रित हुन थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले मधेसका समस्या पहिचानमा फाइदा पुग्ने बताए । मधेसी जनताले भोगेको विभेद र अपमान मधेसको मात्रै नभई देशकै समस्या भएकाले मधेसी जनताको पहिचान, अधिकार र आर्थिक सामाजिक रूपान्तरण देशकै मुद्दा भएको उनको प्रस्टोक्ति छ ।