वडाअध्यक्ष साहले ठेठरहियाका २ सय घरपरिवारलाई नेकपा माओबादी पार्टीका अध्यक्ष प्रचण्डद्धारा गराए राईस कुकर बितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ फागुन २४, शनिबार (११ महिना अघि)
  • ४ पटक पढिएको
वडाअध्यक्ष साहले ठेठरहियाका २ सय घरपरिवारलाई नेकपा माओबादी पार्टीका अध्यक्ष प्रचण्डद्धारा गराए राईस कुकर बितरण

रमेश कुमार यादब
फाल्गुन २४, रौतहट

गरुडा नगरपालिकाको वार्ड नं.५ महम्मदपुर क्षेत्रमा शनिबार बिहान मोर्निङ्ग वाकपछि आयोजित विशेष कार्यक्रममा वडाअध्यक्ष रामबिनोद साहको सराहनीय पहलले सम्पूर्ण वडाबासिलाई उल्लासमा परिणत गरेको छ । यो कार्यक्रम तराई(मधेस जागरण अभियान अन्तर्गत सम्पन्न भएको हुँदा सामाजिक(आर्थिक सशक्तीकरण र जनकल्याणका लागि यस किसिमका कार्यक्रमहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । वाडस्तरिय बजेटको सहायताले करिब २ सय जना घरपरिवारलाई राईस कुकर वितरण गरिएको थियो । वितरण प्रत्यक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डको हातबाट गरिएकोले स्थानीय बासिन्दामा विशेष उत्साह र विश्वासको वातावरण सिर्जना भएको छ ।

वडाअध्यक्ष रामबिनोद साहले बताए अनुसार, कार्यक्रममा उपस्थित नागरिकहरूलाई प्रचण्डसँग प्रत्यक्ष भेटघाटको अवसर प्रदान गरिएपछि उनीहरूको मनोबल उच्च भएको छ । उनले भने, “हाम्रो बजेटको सदुपयोग गर्दै नागरिकहरूको जीवनस्तर सुधार गर्ने हाम्रो प्रयासले आजको दिनलाई सफल र यादगार बनाएको छ ।” स्थानीय बासिन्दाले रामबिनोद साहको सराहनीय पहलको अत्यधिक स्वागत गरेका छन् । केही बासिन्दाले भने, “यस किसिमको जनकल्याण कार्यक्रमले हामीलाई आत्मनिर्भर बन्ने दिशामा प्रोत्साहन दिएको छ ।

हामीलाई आवश्यक उप करण उपलब्ध गराउने यस पहलले हाम्रो दैनिकीमा सकारात्मक परिवर्तन ल्याउनेछ ।” तराई(मधेस जागरण अभियानको मुख्य उद्देश्य क्षेत्रका पिछडिएका समुदायलाई आर्थिक, सामाजिक र शैक्षिक रूपले सशक्त बनाउनु हो । यस अभियानअन्तर्गत, नगरपालिकाले विभिन्न जनकल्याणका कार्यक्रमहरू आयोजना गर्दै नागरिकहरूको जीवनस्तर सुधार गर्ने काममा जोड दिएको छ । वडाअध्यक्ष रामबिनोद साहले पनि यसै सोचलाई अँगाल्दै, बजेटको सदुपयोगमार्फत स्थानिय आवश्यकताहरू पुरा गर्न पहल गरिसकेका छन् । त्यति मात्र नभएर “हाम्रो उद्देश्य प्रत्येक घरपरिवारलाई सामाजिक सुरक्षा र आर्थिक सशक्तिकरण प्रदान गर्नु हो। यस वितरण मार्फत हामीले स्थानीय समुदायलाई नजिकबाट सहयोग पु¥याउने लक्ष्य राखेका छौं ।“

नगरपालिकाले वडास्तरिय बजेटमार्फत सामाजिक सुरक्षा तथा विकासका थप कार्यक्रमहरू संचालन गर्ने योजना बनाएको बताइएको छ । यस्तो कदमले न केवल गरीबी घटाउने, तर स्थानीय स्तरमा समावेशीकरण र आत्म निर्भरता तर्फको यात्रा तेज गर्ने विश्वास गरिएको छ । रामबिनोद साहले थप भने, “हाम्रो गाउँ(ठाउँका हरेक व्यक्तिलाई सहयोग पुर्याउन र विकासका प्रत्येक पाटोमा हात मिलाएर अघि बढ्नु हाम्रो कर्तव्य हो । आजको यो कार्यक्रमले हामीलाई भविष्यका थप सफलताका लागि प्रेरित गरेको छ ।“

प्रचण्डको प्रत्यक्ष उपस्थिति र हस्तान्तरणले कार्यक्रमलाई थप विशिष्टता प्रदान गरेको छ भने, वडाबासीहरूले रामबिनोद साहको सराहना गर्दै आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने अपेक्षा राखेका छन् । यस किसिमका पहलहरूले स्थानीय विकास र जनकल्याणमा सकारात्मक प्रभाव पार्ने निश्चित रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस