रमेश कुमार यादब
फाल्गुन २४, रौतहट
पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको समृद्धि, गरिबी निवारण तथा उत्पीडित वर्गका अधिकार सुनिश्चित गर्न माओवादी नेतृत्वको सरकार नै एकमात्र विकल्प रहेको बताएका छन् । शनिबार रौतहट जिल्लाको परोहा नगरपालिका(४, लौकाहामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मधेशी जनताको अधिकार सुरक्षित गर्ने जिम्मेवारी माओवादीले हिजो पनि लिएको थियो र आज पनि माओवादीले नै लिने स्पष्ट पारे ।

अध्यक्ष दाहालले मधेश केन्द्रित दलहरू अवसरवादको दलदलमा फसेको आरोप लगाउँदै ती दलहरूले मधेशी जनताको वास्तविक मुद्दालाई बिर्सेको बताए । उनले भने, “हामीले मधेशी जनताको हक अधिकार स्थापित गर्न सधैं संघर्ष ग¥यौं । संविधानसभामार्फत मधेशलाई विशेष पहिचान दिने काम माओवादीकै नेतृत्वमा भयो । तर, आजका मधेशवादी दलहरू स्वार्थका लागि फुटफुट भएर जनताको मुद्दा ओझेलमा पारेका छन् ।“

उनले मधेशवादी दलहरूसँग विगतमा सहकार्य गरेको तर ती दलहरू अवसरवादका कारण जनताको आकांक्षाबाट टाढिएको बताए । दाहालले थपे, “हिजो माओवादीले मधेशी जनताको लागि लडेको थियो, आज पनि हामी नै लड्छौं । अन्य दलहरू मधेशी समुदायको समस्या बिर्सिन्छन्, तर हामी कहिल्यै बिर्सँदैनौं ।“ अध्यक्ष दाहालले आफ्नो यात्रा क्रममा मधेशका विभिन्न ठाउँमा स्थानीय जनताले भोगिरहेका समस्याहरू देखेको बताए । उनले भने, “कतै सिँचाइको समस्या छ, कतै बाटोघाटाको अभाव छ, कतै शिक्षाको पहुँच कमजोर छ । यी सबै समस्याहरू समाधान गर्न माओवादी दृढ भएर लागि पर्छ ।

“ उनले हुलाकी मार्गको प्रयोग गर्दै स्थानीय जनताको समस्या प्रत्यक्ष रूपमा अवलोकन गरेको उल्लेख गरेका थिए । मधेशको विकासका लागि माओवादी सरकारले विभिन्न योजनाहरू ल्याउने र तिनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता उनले जनाए । अध्यक्ष दाहालले मधेशमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि ठूलो योगदान रहेको बताउँदै भने, “तराई–मधेशका १ हजार ३ सय शहिदहरूको बलिदानकै कारण आज देशमा लोकतन्त्र र गणतन्त्र स्थापित भएको छ ।
तिनको बलिदान भुल्न हुँदैन ।“ त्यति मात्र नभएर वहाँले फेरी गढिमाई नगरपालिकाको वार्ड नं.६ बखरी स्थित भएको बिभत्सय हत्या गरि खाल्डो गाडिएको शहिदरुको सम्झनामा संरक्षण पार्क बनाउने भनि पुन सोहि मन्चबाट उदघोष गरेका थिए । त्यति मात्र नभएर हाम्रो जति पनि बिरशहिदहरुको रगतलाई सधै मान सम्मान दिने घोषणा पनि गर्नु भएका थिए । बिभेदमा पर्ने,बिकाशबाट बन्चित भएकाहरुको लागी माओबादी सधै लडिरहने उहाले बताउनु भएको छ । तराइ मधेशका दक्षिण भेगका जनसमुदायको सम्बन्धले मात्रै क्रन्ति सफल हुने उहाले बताउनुभएको ।

यस यात्रा बहुआयामिक उदेश्यले हिडेको समेत अधयक्ष दाहाले बताउनु भयो । उनले माओवादी केन्द्र उत्पीडित, उपेक्षित र विकासबाट पछाडि पारिएका वर्गको पक्षमा सधैं लडिरहने बताए । माओवादी आन्दोलनले ल्याएका परिवर्तनहरूलाई संस्थागत गर्न अझै धेरै काम गर्न बाँकी रहेको भन्दै उनले सबैलाई संघर्षको लागि तयार रहन आह्वान गरे ।
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महेन्द्र राय यादव, मातृका यादव, पम्पा भुसाल लगायतका नेताहरूले आ(आफ्ना मन्तव्य राखेका थिए । उनीहरूले माओवादी आन्दोलनको ऐतिहासिक भूमिका, मधेशी जनताको अधिकार, विकास र समृद्धिको आवश्यकताबारे चर्चा गरेका थिए ।
सोहि कार्यक्रम मार्फत पुर्वप्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डलाई १ सय १० किलोको माला लगाएर भब्य स्वागत गरिएका थिए । मधेश जागरण अभियान अन्तर्गत आयोजित यो आमसभा स्थानीय स्तरमा माओवादी पार्टीको सशक्त उपस्थिति देखाउने एक महत्वपूर्ण कार्यक्रम भएको बताइन्छ । अहिले यस कार्यक्रमले सिंगो देश लगायत राजनेतिककर्मिको ध्यान केन्द्रित भएका पनि छन ।