वर्तमानकाल सम्वाददाता
चैत ०३ गते ।
बहुचर्चित गौर राईस मिल्सको सम्पूर्ण जग्गा अधिग्रहण गराई खेलमैदानको रुपमा रुपमान्तरित गराउन गौर नगरपालिका सहमत भएका छन् ।नागरिक समाजको अगुवाईमा भएका सर्वदलिय एवं सर्वपक्षिय बैठकबाट गौर राईस एण्ड फ्लोर मिल्सका ५ विगहा १९ कत्ठा १५ धुर जग्गालाई अधिग्रहण गरी रौतहटवासीको मान प्रतिष्ठा एवं धरोहरलाई संरक्षण गर्ने तर्फ गौर नगरपालिकाको सकारात्क कदम बढ्नुपर्ने सुझाव पश्चात गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले सहमती जनाएका हुन् ।
ज्ञापन पत्र बुझ्दै नगरप्रमुख शम्भु साहले विगतमा हामी जुन निर्णय गरेका थियौं, हाम्रो जुन चाहना थियो, गौर राइस मिल्सको जग्गा मध्ये २ विगहा १५ कत्ठा दानमा लिने निर्णयलाई नागरिक समाजको अगुवाईमा सर्वदलिय एवं सर्वपक्षिय आग्रहमा उक्त निर्णयलाई बदर गरी सम्पूर्ण जग्गा अधिग्रहण गराउन बोर्डको बैठकबाट निर्णय गर्ने प्रतिबद्धता जनाए । आईतवार दिउसो नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरीको अगुवाईमा नगरप्रमुख शम्भु साहलाई बुझाएको ध्यानाकर्षण पत्रमा श्रोतको सुनिश्चिताको आधारमा गौर नगरपालिकाले प्राप्त गर्ने २ विगहा १५ कत्ठा जग्गा सराहनिय भएपनि गौरवासी एवं जिल्लावासीको चाहना सम्पूर्ण हुने भएको हुँदा सम्पूर्ण जग्गा अधिग्रण गर्न श्रोतको सुनिश्चिता गराई अघि बढ्नुपर्ने सुझाव दिए ।
बर्षौ देखि राईस मिल्सको सम्पूर्ण जग्गालाई जनताको हुनुपर्ने अधिग्रहण गर्ने प्रक्रिया अघि बढाउनमा सबै दलका नेता,
नागरिक समाज, नगरपालिकाले आवश्यक पहल गर्नुपर्ने बताए । गौर नगरपालिकाको पूर्व मेयर एवं पूर्व प्रदेश सभा सदस्य बाबुलाल साहले विगतको निर्णय नगरपालिकाको हकमा राम्रो निर्णय भयो तर आम नागरिकले बुझ्न सकेन, प्रतिपक्षीहरुले गलत अपवाह फैलाएर गरिदै आएको आन्दोलनका कार्यबाट नगरकै क्षति भइरहदा नागरिक समाजको अगुवाईमा भएको यस्तो निर्णय एकदमै सराहनिय भएको उनले बताए ।
नागरिकको सम्पूर्ण भावनालाई समेटेर अघि बढ्ने प्रक्रियालाई अघि बढ्नमा मेयर साह सकारात्मक भएको देखिदा अत्यन्तै खुशी लागेको बताए । टायर बालेर राजनीति गर्ने कार्य छाडेर राईस मिल्सको जग्गा अधिग्रहण गर्न श्रोतको व्यवस्थापनमा जुट्न उनले आह्वान गरे । नेकपा (एकिकृत समाजवादी) का नेता एवं समाजसेवी रेबन्त झाले हाम्रो नेपालमा तिन तहको सरकार छ, हाम्रो पार्टीको स्थानीय तहमा सरकार रहेको छ । हाम्रो पार्टीको स्थानीय सरकारले श्रोतको अभावमा गरेका निर्णयलाई सच्याउन सरकारलाई दवाव दिए नकी केन्द्रमा र प्रदेशमा सरकार भएकाहरु सडकमा टायर बालेर राजनीति गरिरहेको हुँदा उक्त कार्य अविलम्ब छाडी श्रोतको सुनिश्चितता तर्फ लाग्न उनले अपिल गरे ।