रमेश कुमार यादब
चैत ०७, रौतहट
मधेस प्रदेशका धेरैजसो स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृतहरू लामो समयसम्म टिक्न नसक्ने प्रवृत्ति देखिँदै आएको छ । कतिपय स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृतहरूले काम गर्न नचाहने, आएका अधिकृतहरू पनि केही महिनामै सरुवा भएर जाने वा अन्य कारणले टिक्न नसक्ने समस्या कायमै छ । यसको प्रत्यक्ष असर स्थानीय विकास निर्माण, सेवा प्रवाह र प्रशासनिक व्यवस्थापनमा परेको छ । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वृन्दावन नगरपालिकामा भने प्रशासनिक स्थायित्व कायम गर्दै उपसचिव खिम बहादुर भुजेललाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा दुई वर्षसम्म निरन्तर जिम्मेवारी दिइराखेको छ ।
यो निरन्तरताले वृन्दावन नगरपालिकाको विकास निर्माण, सेवा प्रवाह तथा सुशासन संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेको नगर प्रमुख बिनोदप्रसाद कुर्मीले बताएका छन् । वृन्दावन नगरपालिकाले भुजेलको नेतृत्वमा चौतर्फी विकासको गतिलाई तिव्र पारेको छ । नगर प्रमुख कुर्मीका अनुसार, नगरपालिकाले पछिल्ला दुई वर्षमा निम्न क्षेत्रमा महत्वपूर्ण सुधार गरेको छ । नगर क्षेत्रभित्र नयाँ सडक विस्तार, मर्मत तथा कालोपत्रे कार्य तीव्र रूपमा भइरहेको छ ।
पुल(पुलेसा तथा खानेपानीका योजना प्रभावकारी रूपमा कार्यान्वयनमा छन् । बजार क्षेत्रको स्मार्ट सडक योजना अघि बढाइएको छ । सार्वजनिक विद्यालयहरूमा भौतिक संरचनाको सुधारसहित डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको छ । छात्रवृत्ति तथा गुणस्तरीय शिक्षाका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । त्यति मात्र नभएर नगरपालिकाभित्र स्वास्थ्य चौकीहरूमा सेवाको विस्तार गर्दै गुणस्तरीय सेवा प्रवाह सुधार गरिएको छ । नगरपालिकाले खुला दिसामुक्त क्षेत्र घोषणापछि सरसफाइलाई अझ प्रभावकारी बनाउने अभियान सञ्चालन गरिरहेको छ । कार्यालयहरुमा सेवाग्राहीको सुविधा बढाउन डिजिटल प्रशासन प्रणाली लागू गरिएको छ । अनलाइन सेवा प्रवाह प्रणाली
प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ ।
भुजेलको निरन्तरतामा नगर प्रमुख कुर्मीको जोड
नगर प्रमुख बिनोदप्रसाद कुर्मीका अनुसार प्रमुख प्रशासकीय अधिकृतको स्थायित्व विकास र सेवा प्रवाहका लागि अपरिहार्य छ । “नगरपालिकाको समग्र विकासलाई नयाँ उचाइमा पु¥याउनका लागि प्रमुख प्रशासकीय अधिकृत उपसचिव खिम बहादुर भुजेलको कुनै विकल्प छैन,“ कुर्मीले भने । मधेस प्रदेशका अन्य स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृतहरू पटक(पटक सरुवा भइरहँदा त्यसको असर विकास योजनामा परेको छ ।
तर, वृन्दावन नगरपालिकामा भुजेलको निरन्तरताले प्रशासनिक स्थायित्व कायम गर्दै स्थानीय सरकार सञ्चालनको उदाहरणीय मोडेल प्रस्तुत गरेको छ । नगरवासी तथा स्थानीय जनप्रतिनिधिहरूले पनि भुजेलको नेतृत्वमा नगरपालिकाले विकासमा नयाँ उचाइ लिएको बताउँदै स्थायित्वको निरन्तरताको माग गरेका छन् ।
प्रशासनिक स्थायित्वले मात्रै विकास निर्माण, सेवा प्रवाह तथा सुशासनलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने उदाहरण वृन्दावन नगरपालिकाले प्रस्तुत गरेको छ । अन्य स्थानीय तहहरूले पनि वृन्दावनको सिकाइलाई आत्मसात गर्दै प्रशासनिक स्थायित्वलाई प्राथमिकता दिन आवश्यक देखिन्छ ।