रमेश कुमार यादब
चैत ११, रौतहट
रौतहट जिल्ला शिक्षामा पछाडि परेको जिल्ला मानिन्छ । यद्यपि, गरुडा नगरपालिकाले आफ्नो मातहतका सम्पूर्ण विद्यालयहरूलाई अनुगमन तथा निरीक्षण गर्दै शिक्षामा सुधार ल्याउने अभियानलाई तीव्र बनाएको पनि छ । नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको नेतृत्वमा गरुडा नगरपालिका शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी तथा भौतिक पूर्वाधारको सुधारमा निरन्तर अघि बढिरहेको छ ।
यसै क्रममा, गरुडा नगरपालिकाको वार्ड नं. ६ पोठियाहि स्थित प्रा.वि. पोठियाहि–५ विद्यालयको नव निर्मित भवन उद्घाटन गरिएको छ । शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले उक्त भवनको उद्घाटन गर्नुभएको हो । राष्ट्रपति शैक्षिक सुधार आयोजना अन्तर्गत २२ लाखको बजेट तथा नगरपालिकाको तर्फबाट १० लाखको बजेट परिचालन गरी दुई कोठे भवन निर्माण गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि एवं नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले आफू निर्वाचित भएदेखि नै नगर क्षेत्रभित्र शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी तथा भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिँदै आएको बताउनु भयो । उहाँका अनुसार, शिक्षाको विकास भए नगर आफैं विकसित हुने भएकाले विद्यालय सुधार अभियानलाई विशेष जोड दिइएको बताउनु भयो ।उहाँले भन्नुभयो, “हामी निर्वाचित हुनु अघि नगरभित्रका धेरैजसो विद्यालय अस्तव्यस्त अवस्थामा थिए ।
विद्यालयहरूको निरीक्षण गर्दा कतिपय विद्यालयमा पर्याप्त पूर्वाधार थिएनन् भने कतै पठनपाठनको वातावरण नै राम्रो थिएन । त्यसैले हामीले पहिलो चरणमा विद्यालयहरूको अवस्था बुझेर आवश्यक सुधारका लागि काम गर्न सुरु ग¥यौँ ।“ नगर प्रमुख जैसवालका अनुसार पोठियाहि विद्यालयको अवस्था अति नै जर्जर थियो । विद्यालयको टिनको छानो भएको र त्यसमा पनि वर्षाको समयमा कक्षाकोठामा पानी चुहिने समस्या रहेको थियो ।

यस्तो अवस्थामा विद्यार्थीहरूको पठनपाठनमा कठिनाइ भइरहेको थियो । समस्या समाधान गर्न नगरपालिकाले पहल गर्दै विद्यालयको छानो परिवर्तन गरी पठनपाठन योग्य बनाएको छ । साथै, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र नगरपालिकाको सहयोगमा दुई कोठे भवन निर्माण गराएर विद्यार्थीहरूलाई सहज पठनपाठनको वातावरण उपलब्ध गराइएको छ । त्यति मात्र नभएर आउँदो बैशाख १ गते यस बिधालयमा एक कक्षा थप गरि ६ कक्षासम्म अध्यनअध्यापन गराउने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।
कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित नगर उपप्रमुख पुनम चौधरीले नगर प्रमुखको सराहनीय कार्यको खुलेर प्रशंसा गर्नु भयो । उहाँले आगामी दिनमा नगरपालिकाको तर्फबाट शैक्षिक सामग्री वितरण गर्ने प्रतिबद्धता जनाउँदै गरुडा नगरपालिकाले शिक्षा क्षेत्रमा थप सुधारका कार्यक्रम ल्याउने बताउनु भयो ।नगर उपप्रमुख चौधरीले भन्नुभयो, “शिक्षा कुनै पनि समाजको मेरुदण्ड हो । जबसम्म शिक्षाको गुणस्तर सुधार हुँदैन, तबसम्म समग्र नगरको विकास सम्भव हुँदैन ।

त्यसैले हामीले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएका छौं ।“ त्यसतै सोहि कार्यक्रममा स्थानिय नेता नन्दलाल यादबले भने नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको यो सराहनिय कार्य एकदम प्रशंसनिय रहेको बताउदैं र वहाँ निर्वाचित भएदेखि बिकासको नै लहर ल्याएकोले नगर प्रमुखको चौतर्फि प्रशंसा बटुलिरहेको दावी गर्नु भएका थिए । नगर प्रमुख जैसवाल नगरको कुनै पनि समुदायिक हो उनीहरुको बिकास समान हुनु पर्ने र हिन्दु, मुस्लिम, चौधरी लगायतका जातिहरुलाई पनि एकनासले काम गरिरहनु भएको बताउनु भयो ।
त्यस कारण नगरका सम्पुर्ण मानिस नगर प्रमुख जैसवालको बिकासको कामलाई हातमा हात राखि सहयोग गर्न अपिल समेत गर्नु भएको थियो । त्यसतै सोहि उद्धघाटन कार्यक्रममा युवा नेता रबिन्द्र प्रसाद यादबले बिधालयको भवनसंग संगै बिधालयमा शिक्षकहरुको दरबन्दि मिलान र आवश्यकता अनुसार शिक्षक शिक्षीका थप घट गरि पढाई अझै सुधार ल्याउन नगर प्रमुखलाई ध्यानआकर्षण समेत गराउनु भएको थियो ।विद्यालयको नयाँ भवन उद्घाटन भएपछि विद्यार्थीहरू उत्साहित देखिन्थे । अभिभावकहरू समेत नगरपालिकाको सक्रियताले विद्यालयमा सुधार आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा गरेका छन् ।

विद्यालयका प्रधानाध्यापकले पनि नगरपालिकाले पुर्याएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै विद्यालयको गुणस्तर सुधार गर्न शिक्षक, विद्यार्थी तथा अभिभावक सबै मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । नगर प्रमुख जैसवालले विद्यालय सुधारका लागि नगरपालिकाले निरन्तर पहल गर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा अन्य विद्यालयहरूमा पनि आवश्यक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर सुधारका कार्यक्रमहरू सञ्चालन गरिने बताउनु भयो ।
त्यसतै सोही बिधालयमा नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले विद्यार्थीहरूको शैक्षिक वातावरणलाई अझ सहज बनाउन बिधालयका प्र.अ नागेन्द्र पाण्डेलाई ५० इन्चको LCD, इनभर्टर, पुस्तकालयका लागि दराज, टेबल, ह्वाइट बोर्ड, सूचना बोर्ड, १०० थान झोला, बेन्च लगायतका सामग्रीहरू उपलब्ध गराउनु भएका छन् ।