वर्तमानकाल सम्वाददाता।
रौतहट,१२ चैत्र । पछिल्लो समय रौतहटमा मुख्यमन्त्रीको निर्देशनलाई अटेरी अर्थात कुनै वास्ता नै नगरी बन्द गरिएका एक होस्पिटल सञ्चालन भइरहेको छ ।
रौतहट प्रहरीको मिलेमतोमा आनन्द सहित गरूडाका होस्पिटलहरू सञ्चालनमा आएका छन् । रौतहट प्रहरी मौन भएर मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनलाई ठाडो अवज्ञा गर्दै रौतहटको गरुडा नगरपालिका –५ शिवनगरमा सञ्चालित आनन्द होस्पिटल एक्यूपन्चर सेन्टरले बिरामीलाई निर्बाध रुपमा उपचार गरिरहेको पाइएको छ ।
मुख्यमन्त्री सिंहले केहि दिनअघि आनन्द होस्पिटलमा अनुगमन गरेका थिए । अनुगमनको क्रममा मापदण्ड विपरीत हस्पिटल सञ्चालनमा रहेको पाइएपछि मुख्यमन्त्री सिंहले आनन्द होस्पिटल एक्यूपन्चर सेन्टरलाई बन्द गर्न निर्देशन दिएका थिए ।
मापदण्ड पुरा गरेपछि मात्र हस्पिटल सञ्चालन गर्ने भनी मुख्यमन्त्री सिंहले दिएको निर्देशनलाई आनन्द हस्पिटल शिवनगरका सञ्चालक उमेश प्रसादले अटेरी गरी निर्बाध रुपमा होस्पिटल सञ्चालन गरिरहेको पाइएको छ ।
मापदण्ड पुरा नै नगरी होस्पिटल सञ्चालन गरी सञ्चालक उमेश प्रसादले मानवको स्वास्थ्य जिवनसंग गम्भीर खेलवाड गर्दा पनि नियमनकारी निकाय कुनै चासो लिएको छैन । उपचारको नाममा चर्को रकम असुली गर्दै बिरामीलाई लुटदै आएका आनन्द होस्पिटल शिवनगरलाई बन्द गराउन रौतहटका प्रहरी प्रशासनले पनि खासै चासो देखाएको छैन ।
पावर र पहुचको भरमा मापदण्ड विपरीत सञ्चालित आन्नद हस्पिटल सञ्चालन भइरहदा समेत प्रहरी र मुख्यमन्त्री सिंहले ति होस्पिटललाई बन्द गराउन सकिरहेका छैनन । मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनलाई आनन्द होस्पिटलका सञ्चालक उमेश प्रसादले ठाडो चुनौति दिदै होस्पिटल सञ्चालन गर्दापनि त्यसलाई बन्द गराउने तर्फ प्रहरीको ध्यान जान सकेको छैन । प्रहरी प्रशासनको कमिकमजोरीका कारण मुख्यमन्त्री सिंहले दिएको निर्देशन कार्यान्वयन हुन नसक्दा प्रहरीमाथी पनि ठुलो प्रश्न चिन्ह खडा भएको छ ।
रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले आनन्द होस्पिटलमा मुख्यमन्त्रीले अनुगमन गर्नुभन्दा अघिकै लकवा, प्यारालाइसिसका बिरामी रहेको र ति बिरामीहरुको अन्यत्र व्यवस्थापन नहुँदा होस्पिटल भित्र राखेर विरामीको उपचार भइरहेको बताएका छन् ।
अन्य ठाउमा विरामी सार्ने वित्तिकै ति होस्पिटल पूर्णरुपमा बन्द हुने एसपी घिमिरे बताउँछन । एसपी घिमिरेको भनाई अनुसार तत्काल अन्य ठाउँमा व्यवस्थापन नहुन्जेलसम्मको लागि पुरानै विरामीलाई आनन्द होस्पिटलले उपचार गर्नुपर्ने हो तर ति होस्पिटलले नयाँ बिरामीलाई समेत भर्ना गरी खुल्याम उपचार गरिरहेको पाइएको छ ।
उक्त होस्पिटल बन्द गर्न निर्देशन दिने मुख्यमन्त्री सतिश कुमार सिंहले पनि आफैले दिएको निर्देशन नमान्ने आनन्द होस्पिटलका सञ्चालकलाई पक्राउ गरी कार्यवाहीको दायरामा ल्याउनुको सटा चुप लागेर बसिरहेका छन । यता प्रहरी पनि मौन भएर बसिरहेको छ । यस सन्दर्भमा प्रतिक्रिया लिन मुख्यमन्त्री सतिश कुमार सिंहसंग वर्तमानकाल दैनिक पत्रिकाका बिशेष समाचारदाताले सम्पर्क गर्दा उनको फोन उठेन । नियमनकारी निकायहरु नै चुप लागेर बसिरहेका कारण कहि न कहि नियमनकारी निकायकै संरक्षण र संलग्नतामा बन्द गरिएका आनन्द होस्पिटल सञ्चालन भइरहेको भनी आशंका गरिएको छ ।
यस अवस्थामा कसको संरक्षण र सेटिंङमा ति हस्पिटल सञ्चालन भइरहेको छ भनी सर्वसाधारणले प्रश्न गर्न थालेका छन् । त्यसैले नियमनकारी निकायले तुरुन्त मुख्यमन्त्रीको निर्देशन अटेरी गरी होस्पिटल सञ्चालन गर्ने सञ्चालकलाई कार्यवाहीको दायरामा ल्याउनु अति आवश्यक छ ।