पवन कुमार उपाध्याय
रौतहट,१४ चैत्र। रौतहटको गरुडा नगरपालिका–१ स्थित गजेन्द्र नारायण स्मृति अस्पतालको डिप्लोमा फार्मेसी अध्ययनरत एक छात्रा मृत भेटिएकी छन् ।
रौतहटको गरुडा नगरपालिका -१ जयनगरमा अवस्थित रहको गजेन्द्र नारायण स्मृति अस्पताल डिप्लोमा फार्मेसी अध्ययनरत एक छात्रा बिहीबार बिहानै छात्राबासको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
डिप्लोमा फार्मेसी पहिलो बर्षमा अध्ययनरत १८ बर्षीय छात्रा बैठा आफू बस्ने होस्टलको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।
घटनाको सुचना बिहानै ५ बजे करिब पाए लग्तै देखि अनुसन्धानमा जुटेका छौ,मृत्क बारा जिल्ला बिसरामपुर-५ ईटियाही बस्ने (नाम हटाएका छौ) बैठाको छोरी रहेकी जानकारी प्राप्त भएको छ । घरपरिवारलाई खबर गरेका छौ ,अहिले अनुसन्धान जारी रहेको रौतहट प्रहरीको भनाई छ।