काठमाडौंमा कर्फ्यु लागेसँगै नेपाली सेना परिचालित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ चैत्र १४, शुक्रबार (११ महिना अघि)
  • ३ पटक पढिएको
काठमाडौंमा कर्फ्यु लागेसँगै नेपाली सेना परिचालित

काठमाडौं, १५ चैत्र। नेपाली सेनाको टोली काठमाडौंको सडकमा निस्किएको छ ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेनाको टोली सडकमा निस्किएको हो । बालकुमारी क्षेत्रमा राजदल गणबाट सहसेनानी सन्दीप गुरुङको कमाण्डमा टोली खटिएको छ ।

नर्सिङ दल गणबाट पनि सेनाको एक टोली बालकुमारीतर्फ प्रस्थान गरेको छ । राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कर्फ्यु लगाएको छ ।

तीनकुनेमा भेला भएका राजावादीहरूले शुक्रबार दिउँसोबाट उग्र प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस