रौतहट,१७ चैत्र। रौतहटको कटहरिया नगरपालिकामा नयाँ हाकिमको रुपमा बिर बहादुर साहले हाजिर भएका छन् । हाकिम विहीर रहेको कटहरिया नगरपालिकामा आज हाकिम हाजिर भएका छन् । रौतहट जिल्लाको कटहरिया नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा बिर बहादुर साह लहेरी कार्यालयमा हाजिर हुनु कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले जानकारी दिए।
कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवाल , सहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूको उपस्थितिमा आईतबार साहलाई कार्यालयमा हाजिर गराएको हो। कार्यालयमा नगर प्रमुख जैसवालले साहलाई फुलमाला टीका लगाई खादा ओढाई स्वागत गरेका थिए। कार्यालयमा हाजिर भएपछि साहले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताए।
नियमानुसार महसुस हुने गरी सर्वसाधारण नागरिकलाई सेवा दिन कार्यालय प्रमुख साहले कर्मचारीहरूलाई निर्देशन दिने बताए। यस नगरपालिकालाई नमुना बनाउने काममा आफनो सहयोग रहने उल्लेख गर्दै उनले जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसअघि कटहरिया नगरपालिकामा भएको कमिकजोरीलाई सुधारदै अगाडि बढाउने र सबैलाई एक ढिका बनाएर अगाडि बढाउन आग्रह समेत गरेको छ। अधिकृत साहले नगरपालिकामा हाजिर भए संगै पालिकाको आर्थिक लगायतका कामकाज अघि बढ्ने उनले बिश्वास व्यक्त गरेको छ । नगरपालिकाको खाता संचालन भए लगत्तै रोकिएर बसेका बाँकी भुक्तानीको काम हुने समेत बताए।
सो कार्यक्रममा वडा अध्यक्ष,शिक्षक,राजनीतिकर्मि,स्थानीय पत्रकार लगायत नगरपालिकाको सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो ।