चैत २४ गते आइतबार देशभर सार्वजनिक बिदा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ चैत्र २२, शनिबार (१० महिना अघि)
  • ३ पटक पढिएको
चैत २४ गते आइतबार देशभर सार्वजनिक बिदा

वर्तमानकाल सम्वाददाता
चैत २२ गते ।

सरकारले रामनवमीको अवसरमा चैत २४ गते आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सो दिनलाई सार्वजनिक बिदाको रूपमा घोषणा गरेको हो।
रामनवमी हिन्दू धर्मावलम्बीहरूको एक प्रमुख पर्व हो, जसमा भगवान श्रीरामको जन्मोत्सवको रूपमा श्रद्धा र भक्तिसाथ देशभर मनाइन्छ।
सरकारी निर्णयअनुसार उक्त दिन सबै सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा अन्य सार्वजनिक निकायहरू बन्द रहने छन्। मन्त्रालयका अनुसार सांस्कृतिक, धार्मिक तथा परम्परागत मूल्यको सम्मान स्वरूप रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय
गरिएको हो।
यसअघि पनि सरकारले विभिन्न धार्मिक पर्वहरूमा विशेष छुट्टिहरूको व्यवस्था गर्दै आएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस