रमेश कुमार यादब
चैत २४, रौतहट
रौतहटको लक्ष्मीपुरमा शहिद राम बिश्वास जनारसी प्रतिष्ठान केन्द्र भवनको शिलान्यास गरिएको हो । जिल्लाको गरुडा नगरपालिका–५ लक्ष्मीपुरमा “शहीद राम बिश्वास जनारसी प्रतिष्ठान केन्द्र भवन“ को शिलान्यास एक भव्य समारोहबीच सम्पन्न भएको छ । रामनवमीको पावन अवसर पारेर आयोजना गरिएको कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल र सोही पालिकाका मेयर प्रत्याशी विपिन जैसवालले संयुक्त रुपमा वैदिक विधिपूर्वक शिलान्यास गर्नुभएको हो । पुरोहितको
मन्त्रोच्चारणसँगै शिलान्यास समारोह प्रारम्भ गरिएको थियो ।
उक्त भवन शहीद राम बिश्वासको स्मृतिमा निर्माण गर्न लागिएको हो, जसले जनआन्दोलन २०६२÷०६३ सहित विभिन्न
राजनीतिक परिवर्तनका संघर्षहरूमा महत्वपूर्ण योगदान पु¥याएका थिए । शहीद राम बिश्वास जनारसी प्रतिष्ठान केन्द्र भवनको निर्माण कार्य संघीय सरकारबाट विनियोजित ९० लाख रुपैयाँ र स्थानीय सरकार तथा नगरपालिकाबाट ४८ लाख रुपैयाँ
गरी कुल १ करोड ३८ लाख रुपैयाँको लागतमा गरिनेछ । एक तल्ले चार कोठे यो भवन आधुनिक डिजाइनमा निर्माण गरिनेछ । भवन निर्माणका लागि स्थानीयवासी मिश्रीलाल साह कलवार र मायावती देवी कलवारिनले एक का जग्गा निशुल्क दान गर्नुभएको छ ।

स्थानीयको सहयोगले सामुदायिक भवनको निर्माणले थप सामाजिक एकता र सहकार्यको सन्देश दिने आयोजकहरूको विश्वास छ । नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो, “यो भवन हाम्रो नगरपालिकाको शान हो । शहीदप्रतिको श्रद्धाञ्जली स्वरुप यो संरचना केवल इँटा र गारोको नमूना मात्र होइन, भावी पुस्ताका लागि प्रेरणाको केन्द्र बन्नेछ ।” उहाँले थप भन्नुभयो, सहिदहरुको सपना साकार बनाउने हाम्रो यात्रामा यो एउटा महत्वपूर्ण पाइला हो । जुन शहिदहरुले आफ्नो आहुति दिएर हाम्रो देशलाई जाहिनिया शासनबाट मुक्त गराएका थिए ।
त्यति मात्र नभएर शहीदहरूको बलिदानले नै देशमा सङ्घीयता र गणतन्त्र स्थापना भएको बताउँदै यसको रक्षा गर्ने जिम्मेवारी, दायित्व सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरूको रहेको बताए । मुुलुुकमा जहानियाँ राणाशासनविरुद्ध र त्यसपछिका अन्य सबै आन्दोलनहरूमा शहीदहरूले बलिदान गरेकाले नै अहिले हामी यस स्थानमा उभिन पाएको उनले प्रस्ट्याए ।।

” सोही कार्यक्रमलाई सम्बोधन गर्दै विपिन जैसवालले शहीदको सम्झनामा बन्न लागेको सामुदायिक भवन सबैको सहयोगमा सफल हुने विश्वास व्यक्त गर्नुभयो । “यो भवन सम्पूर्ण जनताको सम्पत्ति हो, शहीदहरूको बलिदानबाट प्राप्त परिवर्तनलाई अझ सुदृढ बनाउनु हाम्रो साझा कर्तव्य हो,” उहाँले भन्नुभयो । स्थानीय बासिन्दाहरूले पनि यो शिलान्यासलाई अत्यन्त सकारात्मक रूपमा लिएका छन् ।
स्थानीयको तर्फबाट जग्गा दान गर्नु र कार्यक्रमको उत्साहजनक सहभागिता सामुदायिक भावना झल्किने उदाहरण बनेको छ ।यस भवनबाट विभिन्न सामाजिक, सांस्कृतिक र शैक्षिक कार्यक्रमहरूको आयोजना गरिने र यो भवनले समग्र क्षेत्रको विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रममा गरुडा नगरपालिकाको वार्ड नं.३ का वडाअध्यक्ष अम्बिका सहनी, वार्ड नं.५ का वडाअध्यक्ष रामबिनोद साह लगायत सयकडौं स्थानियबासिहरुको सहभागिता रहेको थियो ।