वर्तमानकाल सम्वाददाता
चैत २८ गते ।
बारा जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा बिहीबार बिहान चट्याङ लागेर भएको आगलागीमा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। चट्याङका कारण पोल्ट्री फर्म र कृषि उपकरणमा आगलागी हुँदा व्यापक क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बारागढी गाउँपालिका–४, सुखी टोलस्थित विश्वकर्मा पोल्ट्री फर्ममा गएराति चट्याङका कारण आगलागी हुँदा फर्मका संरचना, सामग्री र कुखुरा पूर्ण रूपमा जलेर नष्ट भएका छन्। पोल्ट्री फर्मका सञ्चालक हरेन्द्र विश्वकर्माका अनुसार चट्याङ लागेर विद्युत् तार सर्ट भई आगलागी भएको हो।
आगलागीबाट अन्दाजी २ हजार तयारी कुखुरा, कुखुराको दाना, टहरा, टिन र बासबाट बनेको संरचना जलेको हो। प्रारम्भिक अनुमान अनुसार यसबाट ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। अस्थायी प्रहरी चौकी लङ्गडाका अनुसार सूचना प्राप्त हुनासाथ प्रहरी हवल्दार दिनेश साह कानुको कमाण्डमा खटिएको टोली र स्थानीयको सहयोगमा बिहान ७ बजे आगो नियन्त्रणमा ल्याइएको हो।
त्यसैगरी, करैयामाई गाउँपालिका–८ नरहीस्थित कृषक अभिनाश कुशवाहाको मकै खेतमा बिहान करिब ३ बजे चट्याङ खसेपछि कृषि मिटर, मोटर, टहरा र अन्य सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन्। प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको टोलीको प्रारम्भिक विवरण अनुसार उक्त आगलागीबाट करिब १० हजार रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार, “लगातारको वर्षासँगै चट्याङको जोखिम बढेको छ।