पीएसएल छोडेर आईपीएल रोजेपछि पाकिस्तानले कोर्बिन बोशलाई एक वर्षको प्रतिबन्ध लगायो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ चैत्र २८, शुक्रबार (१० महिना अघि)
  • ४ पटक पढिएको
पीएसएल छोडेर आईपीएल रोजेपछि पाकिस्तानले कोर्बिन बोशलाई एक वर्षको प्रतिबन्ध लगायो

वर्तमानकाल सम्वाददाता
चैत २९ गते ।

पाकिस्तानले दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोशलाई पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेटबाट एक वर्षको प्रतिबन्ध लगाएको छ । पीएसएलको ड्राफ्टमा छनोट भए पनि यस वर्षको प्रतियोगिताबाट नाम फिर्ता लिएपछि बोशलाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एक वर्षको प्रतिबन्ध लगाएको हो ।

पीएसएल ड्राफ्टमा पेशावर जाल्मीका लागि डायमन्ड श्रेणीमा छनोट भएका बोशलाई इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको टोली मुम्बई इन्डियन्सले घाइते भएका वेस्ट इन्डिजका खेलाडी लिजाड विलियम्सको ठाउँमा अनुबन्ध गरेको थियो ।

यस पटक पीएसएल र आईपीएल एकै समयमा पर्ने भएपछि ३० वर्षीय अलराउन्डर कोर्बिन बोशले पीएसएल छोड्ने निर्णय गरेका थिए । बोशले सम्झौताको उल्लङ्घन गरेको आरोप लगाउँदै पीसीबीले कानूनी सूचना पठाएको थियो । १०औं संस्करणको पीएसएल आजदेखि शुरू हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस