रमेश कुमार यादब
चैत ३१, रौतहट
बृन्दावन नगरपालिकाको स्वास्थ्य शाखामा लामो समयसम्म सेवा पु¥याएका दुई जना कर्मचारीलाई नगरपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । अनिवार्य अवकाश प्राप्त गरेका बिष्णु प्रसाद ढुँगेल र बिरेन्द्र साह तेलीलाई नगरपालिकाले सम्मान सहित बिदाई गरेको हो ।स्वास्थ्य शाखामा कार्यरत ढुँगेल बृन्दावन नगरपालिका वडा नं. ७ सखुआवा धमौरा स्थित स्वास्थ्य संस्थामा कार्यरत रहँदा बिरेन्द्र साह तेली भने वडा नं. ८ बिर्ता स्थित स्वास्थ्य चौकीमा कार्यरत थिए । दुबै जना कर्मचारीले तीन दशकभन्दा बढीको समय स्वास्थ्य सेवामा बिताएका थिए ।

इमान्दारिता, समर्पण र निष्ठाका साथ काम गर्दै आएका उनीहरुले क्रमशः ३३ वर्षे सेवा अवधि पूरा गरेपछि अनिवार्य अवकाश प्राप्त गरेका हुन् ।बिदाई कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित बृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीले दुबै कर्मचारीप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “तपाईहरुले विभिन्न स्थानमा सेवा पु¥याउँदै बृन्दावन नगरपालिकामा समेत आफ्नो कर्तव्य निर्वाह गर्नुभयो, जुन सराहनीय र प्रेरणादायी छ। नगरपालिकाको तर्फबाट तपाईहरुको योगदानलाई उच्च सम्मानका साथ सम्झनेछौं।“ साथै उहाँले सेवा निवृत्त जीवन सुखद तथा शान्तिपूर्ण रहोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो ।
साथै अबको जीवन सुखमय रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु,“ भन्दै उहाँहरूलाई खादा, माला र उपहार प्रदान गर्दै बिदाई गर्नुभयो।स्वास्थ्य शाखाका प्रमुख रास नारायण पटेलले कार्यक्रमलाई सम्बोधन गर्दै सेवाकालमा सँगै बिताएका सम्झनाहरुलाई भावुक हुँदै स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, “विसं २०५५ सालदेखि बिष्णु ढुँगेलसँग सहकार्य गर्दै आएको छ ु। आज उहाँ अनिवार्य अवकाशमा जानु भएको सुनेर खुसी र दुःख दुवै अनुभूति भएको छ ।“कार्यक्रमको अध्यक्षता बृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले गर्नुभएको थियो।

उहाँले खादा, माला, टीका र सम्मानपत्रका साथै उपहार प्रदान गर्दै दुबै कर्मचारीलाई विदाई गर्नुभयो। साथै प्रमुख प्रशासकीय अधिकृत भुजेलले भविष्यमा पनि अवकाश प्राप्त गर्ने कर्मचारीलाई यसैगरी सम्मानसाथ बिदाई गर्ने परम्परालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।कार्यक्रमको सञ्चालन हरिनारायण प्रसाद पटेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य नायब सुब्बा हरि दुलालले राख्नुभएको थियो ।
यस बिदाई कार्यक्रमले बृन्दावन नगरपालिकाले आफ्ना कर्मचारीप्रति देखाउने सम्मान, कदर र सम्बन्धको गहिरो भावनालाई झल्काउने कार्य गरेको छ। साथै, यो कार्यक्रमले वर्तमान र भावी कर्मचारीहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ। यो कार्यक्रमले स्वास्थ्य क्षेत्रमा समर्पित कर्मचारीप्रति कृतज्ञता प्रकट गर्दै, सेवा अवधिमा पु¥याएको योगदानको उच्च सम्मान गरेको छ। बृन्दावन नगरपालिकाको यो अभ्यासले कर्मचारीबीच आपसी सद्भाव र प्रेरणा जगाउने कार्य गरेको देखिन्छ।