रमेश कुमार यादब
बैशाख ०१, रौतहट
नयाँ वर्ष २०८२ को अवसर पारेर गरुडा नगरपालिका वडा नं. ५ महम्मदपुरमा अवस्थित श्री बौद्धीमाई प्राथमिक विद्यालयमा कम्पाउन्ड वाल निर्माण कार्यको शिलान्यास गरिएको छ । विद्यालयको भौतिक सुरक्षा, शिक्षण वातावरणको शान्त तथा अनुशासन कायम राख्नका लागि वडाध्यक्ष रामबिनोद प्रसाद जैसवालको पहलमा सो निर्माण कार्य सुरु गरिएको हो । सोमबार एक विशेष कार्यक्रमका बीच गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल र वडाध्यक्ष रामबिनोद प्रसाद जैसवालले संयुक्त रूपमा शिलान्यास गर्नु भयो ।
कार्यक्रममा स्थानीय समाजसेवी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षकहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कुल लागत ६ लाख रुपैयाँ रहेको उक्त कम्पाउन्ड वाल वडा स्तरीय बजेटबाट निर्माण हुने भएको हो । शिलान्यास कार्यक्रमको अवसरमा सम्बोधन गर्दै नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले भने, “नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयहरूको अनुगमन गरी आवश्यक पूर्वाधार विकासको कामलाई प्राथमिकतामा राख्दै आएका छौं । महम्मदपुरको यो विद्यालयमा कम्पाउन्ड वालको आवश्यकता देखिएको हुँदा वडाअध्यक्ष जैसवालको पहल सराहनीय छ ।
यसले विद्यालयको भौतिक सुरक्षा मात्र होइन, विद्यार्थीहरूको सिकाइ वातावरणमा समेत सकारात्मक प्रभाव पार्नेछ ।“वडाअध्यक्ष रामबिनोद प्रसाद जैसवालले आफ्नो सम्बोधनमा विद्यालयको अवस्था विगतदेखि नै अध्ययन गर्दै आएको र आवश्यकताको आधारमा यो महत्वपूर्ण निर्णय लिएको जानकारी दिनु भयो । उहाँले भने, “बिधालय सधैं खुला अवस्थामा रहेको र बाहिरी व्यवधानले गर्दा सिकाइ प्रक्रियामा बाधा पुगिरहेको थियो ।
त्यसैले हामीले प्राथमिकतामा राखेर कम्पाउन्ड वाल निर्माणका लागि बजेट छुट्याएका हौं ।“ त्यति मात्र नभएर बिधालय भित्र रहेको समस्याहरु आफु चाडैं समाधान गर्ने र बिधालयका बिधार्थीहरुलाई शान्त मनोरम बतावरणमा पढाई गराउन बिधालयका शिक्षक तथा शिक्षिकाहरुलाई आग्रह समेत गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश राय यादबले पनि निर्माण कार्यप्रति आभार व्यक्त गर्दै विद्यालयको विकासका लागि आगामी दिनहरूमा समेत यस्ता सहकार्य जारी रहोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।
साथै बिधालय भित्रका बिभिन्न समस्याहरु सुनाउदैं यस बिधालयमा रहेका समस्याहरु छिटो भन्दा छिटो समाधान गरिदिन नगर प्रमुख जैसवाल र वडाअध्यक्ष साह समक्क्ष आग्रह समेत गर्नु भएका थिए । बिधालय भित्र रहेका समस्याहरुलाई चाडैं भन्दा चाडैं समाधान गर्न आफुहरु त्यार रहेको नगर प्रमुख जैसवालले प्रतिबद्धता जनाउनु भएको थियो ।स्थानीय बासिन्दाहरूले समेत वडाअध्यक्ष रामबिनोद प्रसाद जैसवालले वडा स्तरीय बजेटलाई विद्यालयको संरचना सुधारमा प्रयोग गरेको प्रति प्रशंसा व्यक्त गरेका छन् ।
उनीहरूले विद्यालयको विकासमा स्थानीय नेतृत्वको सक्रियता र जिम्मेवारी बोध देखेर खुसी व्यक्त गरेका छन् ।कार्यक्रमको अन्त्यमा उपस्थित सबैले एक अर्कालाई नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै विद्यालयको उज्ज्वल भविष्यको कामना गरेका थिए ।