सोनमा गाउँपालिकाका पूर्व वडा अध्यक्ष यादव पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख २, मंगलबार (१० महिना अघि)
  • ४ पटक पढिएको
सोनमा गाउँपालिकाका पूर्व वडा अध्यक्ष यादव पक्राउ

महोत्तरी ,०२ वैशाख। महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाका पूर्ववडाध्यक्ष राजदेव यादव पक्राउ परेको छ ।

सोनमा गाउँपालिकाको वडा नम्बर- ८ का पूर्ववडाध्यक्ष राजदेव यादवलाई ज्यान मार्ने मुद्दामा पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । सिंग्हासिनी घर भएका यादवमाथि आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उच्च अदालत जनकपुरधामले यादवलाई आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ गर्न परमादेश जारी गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता समेत रहेका डीएसपी सन्तु जयसवारले जनाए अनुसार गौशाला प्रहरीले यादवलाई पक्राउ गरेको हो । २०८० असार ३० गते गोविन्द महतोले आत्महत्या गरेका थिए ।

मृतक महतोकी आमाले यादवामथि किटानी जाहेरी दिन चाहेकी थिइन् । तर जिल्ला प्रहरी कार्यालय महोत्तरीले यादवमाथि मुद्दा दर्ता गर्न अस्वीकार गरेपछि मृतककी आमाले उच्च अदालत जनकपुरधामलाई गुहारेका थिए ।

उच्च अदालतले परमादेश मार्फत सो मुद्दा दर्ता गर्न जिल्ला प्रहरी महोत्तरीलाई निर्देशन दिएको छ । त्यसपछि इलाका प्रहरी कार्यालय गौशालाले यादवलाई सोमवार पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस