आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई सुपर ओभरमा हरायो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख ४, बिहिबार (१० महिना अघि)
  • ३ पटक पढिएको
आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई सुपर ओभरमा हरायो

वर्तमानकाल सम्वाददाता
बैशाख ०४ गते ।

इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई सुपर ओभरमा हराएको छ ।दिल्लीले दिएको १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेट गुमाएर १८८ रन बनाएको थियो । यसअघि दिल्लीको अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले ५ विकेट गुमाएर १८८ रन बनाएको थियो । दुवै टोलीले १ सय ८८ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा राजस्थानले दिएको १२ रनको लक्ष्य दिल्लीले ४ बलमै पूरा गरेको थियो । सुपर ओभरमा पहिला ब्याटिङ गरेको राजस्थानले ५ बलमा २ विकेट गुमाउँदै ११ रन बनाएको थियो। योसँगै छैटौं खेलमा पाँचौं खेल जितेको दिल्ली १० अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ ।

सातौं खेलमा राजस्थानको यो पाँचौं हार हो । राजस्थान ४ अङ्कसहित आठौं स्थानमा छ ।
इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज मुम्बइ इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस