वर्तमानकाल सम्वाददाता
बैशाख ०५, रौतहट
चन्द्रनिगाहपुरको बालचनपुरबाट चोरीको मोटरसाइकलसहित २ जना पक्राउ परेको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १० बालचनपुर चोकको पश्चिम किनाराबाट गरुडा–४ बर्ष २० का आशुतोष कुमार साह र सोही स्थानका बर्ष १९ का
जयराम साह कलवारलाई प्रहरीले बुधबार पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ ।
गत बैशाष ३ गते बुधबारका दिन ईलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहट चन्द्रपुर नगरपालिकाको वडा नम्बर १० बालचनपुरचोक नजिक पश्चिम किनारमा २ जना पुरूष व्यक्ति निलो रंगको अपाचे मोटरसाईकल सहित शंकास्पद अवस्थामा बसेको स्थानमा पुगी नाम थर, ठेगाना सोधपुछ गरेको थियो ।
सो क्रममा गरूडा नगरपालिकाको वडा नम्बर ४ बस्ने आशुतोष कुमार साह र जयराम साह कलवारसंग रहेको मोटरसाईकल नम्वर Br 30 A 8033 र ईन्जिन नं md634ae8xm2b च्यासिस नम्बर ae8bm2114289 भएको TVS कम्पनी १६ CC को मोटरसाईकलको सवारी दर्ता,भन्सार समेतका कागजातहरू माग गर्दा नभएको बताएका थिए । निजहरूलाई सोही स्थानबाट ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ल्याई अनुसन्धान गरेका थिए ।
अनुसन्धानको क्रममा मोटरसाईकल चोरी गरि ल्याएको पुष्टि भएकोले थप कारवाहीका लागि जिल्ला अदालत रौतहटबाट म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ