वर्तमानकाल सम्वाददाता
बैशाख ०७ गते ।
सर्लाहीमा भारतबाट आएका ३९ जनामा मलेरियाको सङ्क्रमण देखिएको छ । मलेरियालाई औलो पनि भनिन्छ । स्वास्थ्य कार्यालय सर्लाहीका भेक्टर कन्ट्रोल निरीक्षक मनोजकुमार झाले चालु आर्थिक वर्षमा ३९ जनामा मलेरियाको सङ्क्रमण पुष्टी भएको जानकारी दिनुुभयो । भारतको सुरत, मुम्बई, दिल्लीलगायतका स्थानमा मजदुरी गरेर फर्किएका बलरा, लालबन्दी, पर्सा, हरिपुरलगायत पालिकाका व्यक्तिमा मलेरिया देखिएको झाले बताउनुुभयो । “३९ वटै केस भारतबाट आयातित केस हुन” स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक झाले भन्नुुभयो, “भारतमा काम गर्दागर्दै अत्यधिक ज्वरो आउने तथा अन्य लक्षण देखिएपछि उहाँहरु यहाँ आएर परीक्षण गराउँदा मलेरिया पुुष्टि भएको हो ।
” झाका अनुसार धेरैमात्रामा भारतको सुरतबाट आउनेहरुमा मलेरियाको सङ्क्रमण बढी देखिएको छ । जिल्लाभर फेला परेका ३९ जना मलेरियाका सङ्क्रमितमध्ये २० जनाभन्दा बढी सीमावर्ती बलरा नगरपालिका–२, हथियौल जमुनिया गाउँका रहेका छन् । भारतमा बिरामी परेर काम गर्न नसक्ने भएर आएपछि बलरास्थित प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा गएर स्वास्थ्य परीक्षण
गराउँदा उनीहरुमा मलेरियाको पुुष्टि भएको हो ।
पछिल्लो पटक केही दिनअघि लालबन्दी नगरपालिका–२, पुनर्वासका एक पुरुषमा मलेरिया सङ्क्रमण देखिएको छ । भारतको
सुरतमा मजदुर गरेर फर्किएका ती पुरुषले प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरमा गएर परीक्षण गराउँदा मलेरिया पुुष्टी भएको हो । मलेरिया पुुष्टी भएका पुरुषको सम्पर्कमा आएका परिवारका सदस्य र छरछिमेकी ३६ जनाको शुक्रबार बस्तीमै पुुगेर
परीक्षण गरिएको छ । ३६ जना कसैमा पनि मलेरिया नरहेको पाइएको आधारभूत स्वास्थ्य सेवा केन्द्र पुनर्वासका कार्यालय प्रमुख सन्तोषकुमार साहले बताउनुुभयो ।