ताप्लेजुङमा जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गयो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख ८, सोमबार (१० महिना अघि)
  • ३ पटक पढिएको
ताप्लेजुङमा जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गयो

वर्तमानकाल सम्वाददाता
बैशाख ०८ गते ।

ताप्लेजुङको फुङलिङमा जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

आज बिहानै दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोलबाट लत्रिएको तारबाट करेन्ट लागेको हो ।

करेन्टबाट जीपमा आगो लागेको ताप्लेजुङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको छ । ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस