शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख १०, बुधबार (१० महिना अघि)
  • ४ पटक पढिएको
शिक्षामन्त्रीमा रघुजी पन्त  नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा एमाले नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो । 

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस