रौतहटको गौरमा एक जना मृत फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख १३, शनिबार (१० महिना अघि)
  • ३ पटक पढिएको
रौतहटको गौरमा एक जना मृत फेला

रौतहट,१३ वैशाख। रौतहटको गौरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । गौर नगरपालिका – १ अन्तर्गत गौर भन्सारको पूर्वपट्टिको बाटोमा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

साँझ स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । त्यस लगतै प्रहरीको टोली घटनास्थलमा पुगेर मृतकको बारेमा अनुसन्धान थालेको प्रहरी प्रमुख दिलीप घिमिरेले बताए ।

उनका अनुसार बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको हो, तर उनको अन्य विवरण भने खुल्न सकेको छैन । उनी मागेर खाने व्यक्ति रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनको उमेर करिब ३५ रहेको प्रहरीले जानकारी दिएको छ । फेला परेको बेवारिसे शव अहिले पोस्टमार्टमका लागि अस्पताल पठाइको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस