बर्तमानकाल सम्वाददाता
बैशाख १५ गते ।
तीनकुनेमा भएको प्रदर्शनमा उपद्रव मच्चाएको आरोपमा पक्राउ परेका थप २१ जनालाई प्रहरीले थुनामुक्त गरेको छ । हिरासत मुक्त हुनेमा चित्रमाया बसेल, सिन्धुली तिनपाटन गापा–७ (१५ वर्ष)सस्मिता बराल, सिन्धुली तिनपाटन (१७ वर्ष) देव बहादुर थापा मगर, स्याङ्वा वालिङ नगरपालिका–१० (५१ वर्ष)राज ठाकुर, रौतहट माधवनारायण नगरपालिका–३ (२४ वर्ष)प्रसिद्ध मल्ल, काठमाडौं (२५ वर्ष) नविन ढकाल, उदयपुर बेलका नगरपालिका–९ (३६ वर्ष) आलोक पराजुली, सप्तकोशी नगरपालिका–१ सप्तरी
(३० वर्ष) बरुण यादव, बलानबिहुल गाउँपालिका–२ सप्तरी (१७ वर्ष)रञ्जित बस्नेत, बलेफी गाउँपालिका–६ सिन्धुपाल्चोक (१८ वर्ष)डा. धवल शमशेर जबरा, नेपालगञ्ज उपमहानगरपालिका–१० (६२ वर्ष) ईरफान खान, रौतहट औराया (१९ वर्ष) गणेश बहादुर गुरुङ, त्रिपुरा सुन्दरी गाउँपालिका–२ सिन्धुपाल्चोक (४९ वर्ष)विवेक खनाल, महाभारत गाउँपालिका–५ काभ्रे (२३ वर्ष)उपेन्द्र शाह, कोतवाल गाउँपालिका बारा (३० वर्ष)शरुन थापा, दोलखा भिमेश्वर नगरपालिका–३ (१९ वर्ष)गणेश प्याकुरेल, बर्दगोरिया गाउँपालिका–१ कैलाली (१९ वर्ष) स्टन लामा, दोरम्बा रामेछाप (२० वर्ष)एलिसा राई, धरान उपमहानगरपालिका–२ सर्लाही (४२ वर्ष)भबिन्द बिसी, सुर्खेत भेरिगंगा नगरपालिका–१३ (३२ वर्ष)आशिक कुमार महतो, धनुषा ढल्केबर नपा–६ (१९ वर्ष)गोविन्द राय, सर्लाही रामनगर गाउँपािलका (१८ वर्ष) का रहेका छन ।
बयान सकेर थप एक दर्जन आरोपीहरूलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । उनले भने, ‘अहिले थप १२ जनालाई छाडिएको छ ।’ हाजिर जमानीमा हिरासत मुक्त गरिए पनि उनीहरूको मुद्दा नसकिएको एसपी बोहराले बताए ।
यसअघि कोटेश्वर स्थित भाटभटेनीमा लुटपाट र तोडफोडमा संलग्न २१ जनालाई रिहा गरिएको थियो ।रिहा हुने अधिकांश आपराधिक उपद्रव कसुरमा म्याद थप गरेर अनुसन्धान गरिएकाहरू छन् । राज्य विरुद्धको कसुरमा अनुसन्धान भइरहेका डा. धवल शमशेर जबरा पनि यसअघि हाजिर जमानीमा रिहा भएका थिए । राप्रपाका महामन्त्री समेत रहेका जबरा भारतमा गएर क्यान्सरको उपचारपछि स्वदेश फर्किसकेका छन् । पटक पटक गरेर अहिलेसम्म ३३ जना हाजिर जमानीमा छुटेका छन् ।