काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार विधेयक २०८१ लाई पारित गरियोस भन्ने प्रस्तावलाई पारित गरेको हो ।
त्यसअघि विधेयकमाथिको छलफलका उठेका जिज्ञासाको जवाफ दिदै अर्थमन्त्री पौडेलले भन्सार बिन्दूमा देखिएका बेथितिलाई रोक्दै अनियमितता नियन्त्रणका साथै राजस्व छल्न नदिने कुरामा सरकार गम्भीर रहेको बताउनुभयो ।
बिभिन्न महासन्धीका साथै विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएकाले नाताले नेपालले गर्नुपर्ने अभिभाराहलाई विधेयकमा सम्बोधन गरिएको उहाले बताउनुभयो । उहाले समयसापेक्ष भन्सार क्षेत्रलाई प्रभावकारी बनाउन नयाँ कानून आवश्यक रहेको उल्लेख यसले भन्सार क्षेत्रमा गुणात्मक सुधार ल्याउने जिकिर गर्नुभयो ।
त्यस्तै बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१ समेत पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले मन्त्रीपरिषद्को सिफारिसमा बैशाख १९ गते शुक्रवार दिउसो ३ बजे संघीय संसद्को दुवै सभाको संयुक्त बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिनुभयो ।