काठमाडौं,१६ वैशाख। नारायणढ–बटबल सडकखण्डको कारण नेपाल अन्तरराष्ट्रिय जगतमा बेइज्जती भईरहेको साँसद डा. अमरेशकुमार सिंहले संसदमा सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधि सभाको मंगलवार बसेको बैठकमा विशेष सुमय लिएर सर्लाही क्षेत्र नम्वर ४ का स्वतन्त्र साँसद डा. सिंहले भौतिक निर्माणको कार्य प्रगतिमा सन्तोष जनक नभएको तथा विदेशी पर्यटकले नारायणढ–बटबल सडकखण्डको भिडियो बनाएर रोखिदिएको कारण नेपाल अन्तरराष्ट्रिय रुपमै बेइज्जती भएकोमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘विकास निर्माणको काममा तीव्रता छैन, नारायणगढ–बुटवल सडकखण्ड निर्माणमा ढिलाइ हुँदा लुम्बिनी घुम्न जाने पर्यटकलाई सास्ती खेप्नु परेको छ,’ सांसद सिंहले भने । देशमा अहिले शिक्षा, स्वास्थ्यको स्तर खस्किरहेको छ । पूर्वाधारहरुको निर्माण पनि समयमा हुन सकिरहेको छैन । त्यसको एउटा उदाहरण नारायणगढ–बुटवल सडकखण्ड हो,’ उनले भने, ‘बाटो समयमा नबन्दा त्यो बाटो भएर हिँड्ने पर्यटकहरूले सास्ती खेपिरहेका छन् ।
सांसद सिंहले समयमा ठेक्का सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई म्याद थप नगरियास् भन्दै सरकारको ध्यानाकर्षण गराए ।