काठमाडौँ,१७ वैशाख। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई प्रहरीले कमलादी स्थित गणेशस्थानबाट पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर थुनामा राख्न सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले बुधबार नै पत्र पठाएको पाइएको छ ।
पत्रमा शाखा अधिकृत महिमान सिंह विष्टले हस्ताक्षर गरेका छन् । डिल्लीबजार कारागारलाई लेखिएको पत्रमा भनिएको छ, ‘निज प्रतिवादीलाई नियमानुसारको सिधा खर्च दिई कैदमा राख्नु ।’
फैसला कार्यान्वयन निर्देशनालयबाट प्राप्त पत्र अनुसार चौधरीलाई कैदमा राखिएको डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले बताए ।