रेशम चौधरी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख १७, बुधबार (१० महिना अघि)
  • ४ पटक पढिएको
रेशम चौधरी पक्राउ

काठमाडौँ,१७ वैशाख। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई प्रहरीले कमलादी स्थित गणेशस्थानबाट पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर थुनामा राख्न सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले बुधबार नै पत्र पठाएको पाइएको छ । 

पत्रमा शाखा अधिकृत महिमान सिंह विष्टले हस्ताक्षर गरेका छन् । डिल्लीबजार कारागारलाई लेखिएको पत्रमा भनिएको छ, ‘निज प्रतिवादीलाई नियमानुसारको सिधा खर्च दिई कैदमा राख्नु ।’ 

फैसला कार्यान्वयन निर्देशनालयबाट प्राप्त पत्र अनुसार चौधरीलाई कैदमा राखिएको डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस