पर्सामा राति १० पछि डिजे बजाउन नमिल्ने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख १८, बिहिबार (१ साल अघि)
  • २७ पटक पढिएको
पर्सामा राति १० पछि डिजे बजाउन नमिल्ने

पर्सा,१८ वैशाख। नागरिकको स्वास्थ्य एवं दैनिकी कामकाज लाई प्रभावित हुनेगरी विभिन्न धार्मिक कार्यहरुमा बनाइने डिजे लगायतका उपकरणबाट उत्पन्न हुने ध्वनी प्रदुषणलाई नियन्त्रण गर्ने उद्देश्यबाट राति १० बजेपछि डिजे बजाउन स्थानीय प्रशासनले रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकको स्वास्थ्य र दैनिकीसमेत प्रभावित हुनेगरी विवाह, व्रतबन्ध तथा धार्मिक÷सांस्कृतिक कार्यक्रममा प्रयोग हुने डिजेलगायत उपकरण प्रयोगलाई निरुत्साहित गर्न राति १० बजेपछि डिजे बजाउन रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा हिजो बसेको बैठकले ध्वनि प्रदूषणका गतिविधि निरुत्साहित गर्नका लागि आह्वान गरेको हो ।

‘सांस्कृतिक कार्यक्रमहरूमा गरिने आतिसबाजी र पटाकाको प्रयोगलाई पूर्ण रूपले प्रतिबन्ध लगाउने निर्णय भएको छ’, उनले भने, ‘यो निर्णयविरुद्ध कार्य गर्ने÷गराउनेलाई कानुनको दायरामा ल्याइनेछ । सीमावर्ती क्षेत्रबाट हुने पटाका, डिजे लगायतका उपकरणको प्रवेशलाई कडाइका साथ नियमन गरिने चेतावनी दिए ।’

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस