सर्लाही,१८ वैशाख। मलंगवा नगरपालिकाको नागमनी टोलमा सुरक्षाकर्मीहरुले करिव साढे ७ किलो गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाबाट जारी भएको प्रेस नोटमा गएको मंगलवार दिउसो साढे २ बजेको समयमा मलंगवा नगरपालिका वडा नम्वर ९ नागमनी टोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले प्रदेश २–०३–००७ प २५९३ मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा उक्त परिमाणमा गाजा सहित बरहथवा नगरपालिका ११ का ३७ बर्षीय रामप्रवश मुखियालाई नियन्त्रणमा लिएका थिए ।
मुखियाले पिठ्युमा बोकेको कालो रंङको ब्यागमा प्रतिबन्धित लागुऔषध ७ किलो ४०० ग्राम गाजा फेला परेपछि निजलाई नियन्त्रणमा लिई सर्लाही जिल्ला अदलातबाट ७ दिनको म्याद लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।