डा. बबी सिंह डान्स गर्दै पड्काएको पेस्तोल सर्लाहीको मलंगवाबाट बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख १८, बिहिबार (१० महिना अघि)
  • ३ पटक पढिएको
डा. बबी सिंह डान्स गर्दै पड्काएको पेस्तोल सर्लाहीको मलंगवाबाट बरामद

सर्लाही ,१८ वैशाख। जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोल सर्लाहीको मलंगवामा बरामद भएको छ ।

मलंगवा नगरपालिका-२का अन्जनी कुमारको घरबाट पेस्तोल बरामद गरिएको हो ।सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले बरामद भएको पेस्तोल नक्कलीजस्तै देखिएको बताए ।

उनले भने, ‘त्यो पेस्तोल बरामद गरेर ल्याएका छौं । खेलौनाजस्तै देखिएको छ । अनुसन्धान भइरहेको छ ।

पेस्तोल भेटिएको घरका घरधनी अन्जनीलाई जिल्ला प्रहरी कार्यालयमा सोधपुछ भइरहेको राईले बताए । उनका अनुसार अन्जनीले वसन्त कुमारको छोरी कोमल सुप्रियाको हल्दी रेशममा बबीले त्यो पेस्तोल बोकेर डान्स गरेको बयान दिएका छन् ।

यता नेतृ डा. बबीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बोलाएर अनुसन्धान थालिएको छ । सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले नेतृ बबीसँग बयान लिएको र अहिले कागज गराउन लागेको बताए । उनले कागज गरेर तत्कालका लागि नेतृ बबीलाई छाड्ने जानकारी दिए ।

एसपी खतिवडाले भने, ‘पेस्तोल नक्कली हो कि सक्कली भन्ने कुरा परीक्षण नगरी भन्न सकिँदैन । हामी टेक्निकल मान्छे त होइन , त्यसको रिपोर्ट आएपछि बाँकी कुरा हुन्छ ।’। सर्लाहीमा बरामद पेस्तोल परीक्षणका लागि विधि विज्ञान काठमाडौं पठाइन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस