कश्मीर घटनाको विश्वसनीय र अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख २०, शनिबार (१० महिना अघि)
  • ४ पटक पढिएको
कश्मीर घटनाको विश्वसनीय र अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान

पाकिस्तान,२० वैशाख। पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले हालै भएको कश्मीर घटनाको विश्वसनीय, पारदर्शी र निष्पक्ष अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान गरेका छन् । 

प्रधानमन्त्री कार्यालयको एक विज्ञप्तिअनुसार पाकिस्तानका लागि संयुक्त अरब इमिरेट्सका राजदुत हमाद ओबैद इब्राहिम सलेम अल–जबीसँग शुक्रबार भएको भेटमा सरीफले सो कुरा स्पष्ट पारेका हुन् । 

प्रधानमन्त्री शरीफले भारतले कुनै प्रमाण बिना पाकिस्तानलाई घटनासँग जोड्ने प्रयास गरेको भन्दै आरोपलाई अस्वीकार समेत गरे । उक्त घटनामा पाकिस्तानको घटनामा कुनै भूमिका नरहेको समेत बताए । 

ताजा अपडेट

खोजी गर्नुहोस