काठमाडौँ,२० वैशाख। हेटौंडाको चुच्चे खोलानजिकको सडकमा गुड्दै गरेका एक बाेलेरो गाडी जमिन भासिएर अचानक बेपत्ता भएको छ।
शुक्रबार दिउँसो हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरी गाउँमा सडक भासिएर ना ४ च ४८३३ नम्बरको बाेलेरो बेपत्ता भएको हो ।
गाडीको चालक र सहचालक भने गाडी भाँसिनुअघि नै निस्किएका थिए । अहिले गाडी फसेको ठाउँमा जेसिबी लगाएर खोज्दा समेत फेला नपरेको मकवानपुर प्रहरी बताएको छ ।
सडकको दायाँबायाँ माछा पोखरी रहेको छ । दुबै पोखरीसमेत जोखिममा परेको छ भने गाडी बेपत्ता भएकाे ठाउँमा जमेकाे दह कटाएर खाेजी गरिरहेकाे प्रहरीले जनाएकाे छ ।