हेटौंडामा गुड्दै गरेको बोलोरो जमिन भित्र बेपत्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख २०, शनिबार (१० महिना अघि)
  • ३ पटक पढिएको
हेटौंडामा गुड्दै गरेको बोलोरो जमिन भित्र बेपत्ता

काठमाडौँ,२० वैशाख। हेटौंडाको चुच्चे खोलानजिकको सडकमा गुड्दै गरेका एक बाेलेरो गाडी जमिन भासिएर अचानक बेपत्ता भएको छ।

शुक्रबार दिउँसो हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरी गाउँमा सडक भासिएर ना ४ च ४८३३ नम्बरको बाेलेरो बेपत्ता भएको हो ।

गाडीको चालक र सहचालक भने गाडी भाँसिनुअघि नै निस्किएका थिए । अहिले गाडी फसेको ठाउँमा जेसिबी लगाएर खोज्दा समेत फेला नपरेको मकवानपुर प्रहरी बताएको छ ।

सडकको दायाँबायाँ माछा पोखरी रहेको छ । दुबै पोखरीसमेत जोखिममा परेको छ  भने गाडी बेपत्ता भएकाे  ठाउँमा जमेकाे दह कटाएर खाेजी गरिरहेकाे प्रहरीले जनाएकाे  छ ।

ताजा अपडेट

खोजी गर्नुहोस