पर्सा,२० वैशाख।। सशस्त्र प्रहरी बलले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१ स्थित गढिमाई मन्दिर नजिकैको दसगजा क्षेत्रबाट ४३ किलो ८ सय ग्राम अवैध गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र बहादुर बिष्टको नेतृत्वमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट, महादेवपट्टिबाट गएको टोलीले नियमित गस्तीको क्रममा उक्त गाँजा फेला पारेको हो। प्रहरी गस्ती देखेपछि तस्करहरू गाँजाका पोका छाडेर भागेका थिए।
बरामद गरिएको गाँजालाई आवश्यक कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय सेढवामा बुझाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण, पर्साका प्रवक्ता नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिएका छन।
सिमावर्ती क्षेत्रमा अवैध कारोबार नियन्त्रण गर्न सशस्त्र प्रहरीको निगरानी र कारबाही झनै कडा बनाइएको पनि प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको सक्रियता र तिव्र प्रतिक्रिया क्षमताले सीमावर्ती क्षेत्रमा हुने तस्करी रोकथाममा प्रभावकारी भूमिका खेलेको स्थानीयवासीहरूले पनि बताएका छन्।