वर्तमानकाल सम्वाददाता
बैशाख २१ गते ।
मधेस प्रदेशमै पहिलो पटक वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा क्यान्सर रोगीहरूको लागि किमो थेरापी सेवा सुरु भएको छ । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा बाराको निजगढका एक क्यान्सर बिरामीलाई किमो थेरापी दिएर यो सेवा सुरु गरिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै प्रदेशमा क्यान्सर उपचार सेवा पुराउने लक्ष्य सहित नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा र उक्त उपचार हुने अंकोलोजी वार्डको शुभारम्भ गरेको केही समय पछि किमो थेरापी सेवा सुरु भएको हो ।
मधेस प्रदेशमै नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा सुरु भएपछि अब बिरामीहरू उपचारका लागि बाहिर जान नपर्ने नारायणी उपक्षेत्रिय अस्पताल वीरगन्जकी वरिष्ठ नर्सिङ प्रशासक श्रुति साहले बताउनु भएको छ ।
क्यान्सर रोगको स्क्रिीनिंग, डाइग्नोसीस, केमोथेरापी, पालिटिएभ केयर, रेफरेल, काउन्सिलिङ लगायतका सेवा सुरु गरिएको भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अकोलोजिस्ट प्रभु प्रसाद साहले बताउनु भएको छ ।