रमेश कुमार यादब
बैशाख २२, रौतहट
रौतहटको वृन्दावन नगरपालिका वडा नं.६ हर्षाहा स्थित संघीय सहरी तथा वस्ती विकास कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको सभागृह र हर्षाहा–बिश्रामपुर जोड्ने रिङ्ग रोडको शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । हर्षाहा उत्तर चौकमा निर्माण हुन लागेको सभागृह भवन र रिङ्गरोड सडकको. स्तरोउन्नतीलाई सोमबार आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभाका पूर्व सदस्य तथा नेकपा (एस) का स्थायी कमिटी सदस्य कल्याणी खड्का र बृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले संयुक्त रूपमा हिन्दू परम्पराअनुसार पुरोहितबाट वैदिक मन्त्रोच्चारण गरी भवन निर्माणको शिलान्यास गर्नुभएको हो ।

करीब १ करोड रुपैयाँको लागतमा संघीय सहरी तथा बस्ती विकास कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको यो सभागृह नगरको सामाजिक, सांस्कृतिक तथा धार्मिक गतिविधिका लागि उपयोगी हुने अपेक्षा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि खड्काले सभागृह निर्माणको शिलान्यास गर्न पाएकोमा खुशी व्यक्त गर्दै यसले स्थानीय बासिन्दाहरूलाई ठूलो सुविधा पु¥याउने बताउनुभयो । “यो भवन नगरको मध्य भागमा पर्न गएकाले यहाँका सबै वडाका नागरिकहरूले सहज रूपमा प्रयोग गर्न सक्नेछन्,” खडकाले भन्नुभयो ।सभागृह बहुउद्देश्यीय उपयोगका लागि निर्माण गरिँदैछ ।

सभाहरु, गोष्ठी, छलफल कार्यक्रम, धार्मिक समारोह, विवाह लगायतका सामाजिक कार्यहरू सञ्चालन गर्न सहज हुने जनाइएको छ । सभागृहमा एकै पटक ५०० जना अटाउने क्षमता हुनेछ । त्यसै गरि प्रदेशसभा सदस्य कनिष पटेलले प्रदेश सरकारले पनि स्थानीय विकास योजनामा सक्दो सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै सो आयोजना तत्काल सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनमा पहल गरिने बताए । नगर प्रमुख विनोद प्रसाद कुर्मीले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो कार्यकालभर जनताको हकहितका लागि निरन्तर रूपमा काम गरिरहेको बताउनु भयो ।

“म निर्वाचित भएदेखि नै जनताको आवश्यकता अनुसार सडक, खानेपानी, स्वास्थ्य सेवा, मातृ स्याहार गृह, अस्पताल जस्ता आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु,” उहाँले भन्नु भयो ।नगर प्रमुख कुर्मीले हालसम्म नगरपालिकामा थुप्रै ठूला काम सम्पन्न भइसकेको र अझ धेरै योजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिनु भयो । उहाँले सभागृह निर्माण कार्य छिट्टै सम्पन्न गरिने लक्ष्य राखिएको पनि स्पष्ट पार्नु भयो ।त्यसतै बृन्दावन नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेलले उक्त सभागृह भवन निर्माण कार्यको शिलान्यास कार्यक्रममा बोल्दै भने हामिले नगरको बिकासको लागी प्रत्येक ठाउँबाट बजेट ल्याएर नगरको प्रत्येक कुना कप्चाहरुलाई सडक ढलान देखि लिएर शुद्धखानेपानीको पनि ब्यवस्था गरेका छौ ।

आज पुर्व मान्निय कल्याणी खडकाको बिशेष पहलमा र नगर प्रमुख बिनोद प्रसाद कुर्मिको अर्थक प्रयासमा यो सभागृहको शिलान्यास भएको छ जुन अति नै सराहनिय कार्य रहेको छ । यस सभागृह निर्माणको ठेक्का रौशन कन्टूक्शन गरुडा नगरपालिका(५ ले निर्माण गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत भुजेलले बताउनु भयो । उक्त शिलान्यास कार्यकममा नगर प्रमुख कुर्मिले प्रमुख अतिथि, अतिथि लगायतका मानिसहरुलाई दोसाला ओढाएर सम्मान गर्नु भएको थियो ।

त्यसतै सोमबारकै दिन बृन्दावन नगरपालिका.६ हर्षाहामा बिश्रामपुर जाने रिङ्गरोड सडक स्तरोन्नति कार्यको शिलान्यास एक विशेष समारोहबीच सम्पन्न भएको छ । यो योजना पनि करीब १ करोड रुपैयाँको लागतमा संघीय सहरी तथा बस्ती विकास कार्यक्रम अन्तर्गत यस सडकलाई स्तरोन्नति गरिने योजना रहेको छ । हर्षाहाबाट बिश्रामपुर जोड्ने यो रिङ्गरोड स्थानीय बासिन्दाका लागि मात्र नभइ सम्पूर्ण नगरवासीका लागि महत्वपूर्ण रहेको बताइएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि कल्याणी खडकाले भन्नुभयो, “यो सडकले हर्षाहा र बिश्रामपुरको आपसी सम्बन्ध थप बलियो बनाउनेछ । साथै कृषिमा आधारित जनजीवनलाई प्रत्यक्ष सहयोग पु¥याउनेछ । ट्याक्टर, मोटरसाइकल, गाडी जस्ता साधन खेतसम्म सहजै पु¥याउन सकिने हुँदा किसानको उत्पादनशीलतामा वृद्धि हुनेछ ।” विशिष्ट अतिथि नगर प्रमुख विनोद प्रसाद कुर्मीले यस सडक स्तरोन्नतिको कार्यले स्थानीय नागरिकमा सवारी आवागमनको सहजता मात्र नभई व्यवसायिक तथा कृषि क्षेत्रमा समेत नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा श्री श्री १०८ बाबा रामरतन दास बैरागी, बृन्दावन नगरपालिकाको वार्ड नं.५ का वडाअध्यक्ष फेकु दास , ८ का वडाअध्यक्ष रबिन्द्र साह, ९ नं.का वडाअध्यक्ष प्रबेज आलम, स्थानीय जनप्रतिनिधिहरू, नगर कर्मचारी, बुद्धिजीवी, समाजसेवी , संचारकर्मि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
सहभागीहरू सबैले सभागृह निर्माण र रिङ्ग रोडको शिलान्यासले नगरको सामाजिक तथा साँस्कृतिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।यस शिलान्यास कार्यक्रमले नगरवासीहरूमा विकासको थप विश्वास दिलाएको छ भने, यस्ता कार्यक्रमहरूले बृन्दावन नगरपालिका अन्य पालिकाहरूको लागि पनि उदाहरणीय बन्दै गएको देखिएको छ ।