बाजुरामा विस्फोटक पदार्थ पड्किंदा महिलाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख २७, शनिबार (९ महिना अघि)
  • ४ पटक पढिएको
बाजुरामा विस्फोटक पदार्थ पड्किंदा महिलाको मृत्यु

 धनगढी,२७ वैशाख। बाजुरामा विस्फोटक पदार्थ पड्किंदा एक महिलाको मृत्यु भएको छ ।

शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किंदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जैशी सुजारी पाताल सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा विस्फोटक पदार्थ पड्किंदा गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि कोल्टी अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका हुन् ।

विस्फोटको कारण खुल्न नसकेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस