भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन जी-७ राष्ट्रको आग्रह

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख २७, शनिबार (९ महिना अघि)
  • ४ पटक पढिएको
भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन जी-७ राष्ट्रको आग्रह

 काठमाडौँ,२७ वैशाख। जी-७ राष्ट्रहरूले भारत र पाकिस्तानलाई एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्।

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेशमन्त्रीहरूले अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्।

विज्ञप्तिमार्फत उनीहरूले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन्।

‘हामी चाहन्छौँ दुवै देशले एकअर्कासँग कुरा गरून् र तनाव बढाउनुको सट्टा शान्तिपूर्ण समाधानतर्फ अघि बढून्’, ‘जी ७ को विज्ञप्तिमा भनिएको छ।.

ताजा अपडेट

खोजी गर्नुहोस