रौतहट। २७ वैशाख
नेपाल चिकित्सक संघले रौतहटमा नयाँ शाखा विस्तार गर्दै जिल्ला कार्य समिति गठन गरेको छ। शनिबार चन्द्रनिगाहपुरस्थित आरोही होटलमा आयोजित विशेष समारोहका बीच १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो।
नयाँ कार्य समितिको अध्यक्षतामा चन्द्रपुर हस्पिटलका सञ्चालक डा. सुभाष कुमार चौधरी चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा डा. कौशर आलम, उपाध्यक्षमा डा. राकेश चौधरी, सचिवमा डा. मनोज कुमार कौशल, कोषाध्यक्षमा डा. शशी रंजन तिवारी, सहसचिवमा डा. नवीन कुमार सिंह र सहकोषाध्यक्षमा डा. राम भरोस प्रसाद चयन भएका छन्।
त्यस्तै, कार्यसमितिका सदस्यहरूमा डा. श्याम बाबु साह, डा. राकेश कुमार साह, डा. पंकज कुमार साह, डा. यादव प्रसाद घिमिरे, डा. राम ईश्वर साह, डा. अमरेश कुमार यादव, डा. अम्बेडकर कुमार यादव र डा. मोहमद सदरे आलम चयन भएका छन्। समितिमा डा. राजेन्द्र कुमार चौधरी र डा. अभिनन्दन श्रीवास्तव सल्लाहकार सदस्यको रूपमा रहेका छन्।
उक्त कार्यक्रममा नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिल विक्रम कार्की प्रमुख अतिथिको रूपमा सहभागी थिए भने नवगठित शाखाका अध्यक्ष डा. सुभाष कुमार चौधरीले कार्यक्रमको अध्यक्षता गरेका थिए।
कार्यक्रममा हेल्थ ल्याण्ड हस्पिटल गरुडाका डा. राकेश चौधरी, अनामिका हस्पिटल गरुडाका डा. आरबी प्रसाद गुप्ता, राजपुर नगरपालिकाका मेयर डा. राजिक आलम, विभिन्न अस्पतालका चिकित्सक, पत्रकारलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
नवगठित समिति रौतहट जिल्लामा स्वास्थ्य सेवा, चिकित्सकहरूको हकहित र स्वास्थ्य नीतिको कार्यान्वयनमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।