वर्तमानकाल सम्वादाता
बैशाख २९ , रौतहट
रौतहटको राजपुर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अवैध संरचना हटाउँदै मुख्य सडक व्यवस्थित बनाउने अभियान सुरु गरेको छ । सार्वजनिक जग्गाहरूमा निर्माण गरिएका संरचनाहरू हटाउने र व्यवस्थित पुनर्निर्माण अभियान थालेको छ । नगरपालिका भित्रको सडक चौडा गर्ने, नाली व्यवस्थापन गर्ने अभियानहरू सुरु गरिएको राजपुर नगरपालिका रौतहटका नगर प्रमुख डाक्टर राजिक आलमले जानकारी दिएका छन् । नगरको व्यवस्थित विकासका लागि पूर्णरूपमा नयाँ सडक संरचना निर्माण थालिएको र सोही अनुसार काम थालनी गरिएको नगर प्रमुख डाक्टर आलमले बताए ।
राजपुर आउने आन्तरिक र बाह्य पर्यटकहरूका लागि पनि सडक विस्तार अभियान थालनी गर्नुपर्ने आवश्यकता भएकोले विभिन्न चरणमा सडक चौडीकरणको कार्य गरिरहेको नगर प्रमुख आलमले बताएका छन् । हाल नमुना माध्यमिक विद्यालय राजपुरदेखि गोला चोकसम्म २८ फिट चौडा सडक विस्तारको काम भइ रहेको नगर प्रमुख डाक्टर आलमले जानकारी दिए । सुन्दर नगरपालिका बनाउने उद्देश्यले राजपुर नगरपालिका रौतहटले थालनी गरिएको यस्तो काम सराहनीय रहेको एक स्थानियले बताएका छन् ।