काभ्रेमा मजदुरको करेन्ट लागेर मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ४, शनिबार (९ महिना अघि)
  • ३ पटक पढिएको
काभ्रेमा मजदुरको करेन्ट लागेर मृत्यु

काभ्रे,०३ जेठ। काभ्रेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर–७ स्थित सञ्जीवनी चोकमा विद्युत् पोलमा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेका अनुसार करेन्ट लागेर  सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथान बस्ने वर्ष २८ का उपेस परियारको मृत्यु भएको हो।

शनिबार बिहान साढे ११ बजेको समयमा काभ्रेको धुलिखेल–७ स्थित सञ्जीवनी चोकमा ११ हजार भोल्टको हाइटेन्सन लाइनमा बिजुलीको पोलमा चढी काम गरिरहेको अवस्थामा परियारलाई अचानक करेन्ट लागेको हो ।

घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ र शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल  पठाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस