
बारा,११ जेठ। बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष ब्रिजकिशोर कुशवाहालाई विभिन्न मुद्दामा फरार प्रतिवादीको रुपमा पक्राउ गरिएको छ।
प्रसौनी इलाका प्रहरी कार्यालयका अनुसार उनलाई अदालतको फैसला कार्यान्वयनको क्रममा पक्राउ गरिएको हो। कुशवाहामाथि कुटपिट, चेक बाउन्स तथा अपराधिक लाभसम्बन्धी मुद्दाहरू दर्ता छन्।
प्रहरीले पक्राउपछि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
