सर्लाहीबाट ४८ लाख बराबरको सामानसहित ट्रक नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १२, आईतबार (९ महिना अघि)
  • ३ पटक पढिएको
सर्लाहीबाट ४८ लाख बराबरको सामानसहित ट्रक नियन्त्रणमा

सर्लाही,११ जेठ। सर्लाही प्रहरीले शंकास्पद बिलबिजकसहित ट्रक नियन्त्रणमा लिएको छ। जिल्लाको बागमती नगरपालिका – १२ स्थित चेकपोष्टमा चेकजाँच गर्ने क्रममा शंकास्पद बिलबिजक देखिएपछि ट्रकलाई नियन्त्रणमा लिइएको हो।

आज बिहान ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बुटवलबाट मोरङतर्फ गइरहेको प्र. ३–०१–००५ ख ९४६० नम्बरको ट्रक रोकेर जाँच गर्दा उक्त ट्रकमा रहेको जिरा पाउडर, कस्मेटिक सामग्री, टायर, हेलमेट, मोटर पार्ट्स, ब्याट्री, औषधि, मेसिन, हार्डवेयरका सामग्री, किचेन सिंक लगायतका विभिन्न खुद्रा सामानहरुको प्रज्ञापन पत्र नभएको र कतिपयको भ्याट बिल समेत नदेखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उक्त सामानहरुको अनुमानित मूल्य रु. ४७,९७,५०१ (सत्तचालिस लाख सन्तानब्बे हजार पाँच सय एक रुपैयाँ) बराबर रहेको बताइएको छ। नियन्त्रणमा लिइएको सामानसहितको ट्रक थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस