बाख्राको मासुलाई खसी भनेर बिक्री गर्ने सञ्चालक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १४, मंगलबार (९ महिना अघि)
  • ३ पटक पढिएको
बाख्राको मासुलाई खसी भनेर बिक्री गर्ने सञ्चालक पक्राउ

बारा,१३ जेठ। बाराको जीतपुरबाट बाख्राको मासुलाई खसीको मासु भन्दै ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जीतपुरका मुस्कान सप्लायर्स एण्ड फ्रेश हाउसका सञ्चालक पक्राउ परेका हन । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–७ का मिश्रि देवान रहेका छन्। ।

ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई) जोजन कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले देवानलाई रंगेहात पक्राउ गरेको हो।

ट्राफिक सप्ताहको कार्यक्रमका लागि क्षेत्रमै रहेका सई कार्कीलाई उपभोक्ताहरूले देवानले मासुमा मिलावट गरिरहेको जानकारी गराएपछि प्रहरी टोलीले छापा मारेको थियो।प्रहरीका अनुसार देवानले बाख्राको मासुमा खसीको अण्डकोष फेवी क्विक (चिपकाउने पदार्थ) प्रयोग गरेर टाँसी खसीको मासुका रूपमा बिक्री गर्दै आएका थिए।

छानबिनका क्रममा सो झुटो मिलावट भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।यसअघि पनि मुस्कान फ्रेश हाउसमा प्रहरीको पटक–पटक छापा परे पनि देवानको व्यवहारमा कुनै सुधार नआएको प्रहरीले जनाएको छ। हाल देवानमाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस