भाँड्सर प्रहरी चौकीका असई यादवटोली कारबाहीमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १४, मंगलबार (९ महिना अघि)
  • ३ पटक पढिएको
भाँड्सर प्रहरी चौकीका असई यादवटोली कारबाहीमा

सर्लाही,१३ जेठ। सर्लाही जिल्लाको मलंगवा नगरपालिका–५ मा रहेको भाँड्सर प्रहरी चौकीमा कार्यरत असई राजेश प्रसाद यादव तस्करसँगको लेनदेनमा मुछिएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र कुमार खड्काले यादवसहित चौकीका सम्पूर्ण टोलीमाथि कारबाही गरेका छन्।

कारबाहीस्वरूप आइतबार राति असई यादवसहितको टोलीलाई मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयमा तानिएको हो। सो चौकीमा असई जलन्धर प्रसाद यादवको नेतृत्वमा नयाँ टोली खटाइएको छ।

४८ सेकेन्ड लामो सार्वजनिक भिडियोमा असई यादव र एक तस्करबीच रकमको मोलमोलाइ भइरहेको दृश्य स्पष्ट देखिन्छ। प्रहरी चौकीको परिसरमै तस्करीको बार्गेनिङ भएको उक्त भिडियो सार्वजनिक भएपछि एसपी खड्काले तत्काल कारबाही गरेका हुन्। घटनापछि फोन सम्पर्क गर्दा एसपी खड्काले आन्तरिक छानबिन सुरु भइसकेको जानकारी दिएका छन्।

नागरिक समाजले तस्करीजस्तो संगठित अपराधमा संलग्न सुरक्षाकर्मीलाई कानुनी दायरामा ल्याउन माग गर्दै आएका छन्। उनीहरूको भनाइमा, “प्रहरीमाथि कारबाही नभएसम्म कानुनी शासनको अर्थ रहँदैन।” प्रहरीको संरक्षणमा हुने तस्करीले राज्यप्रति जनविश्वास गुम्ने खतरा रहेको उनीहरूको धारणा छ।

स्थानीयका अनुसार असई यादव धानदेखि मदिरासम्मको तस्करीमा प्रत्यक्ष संलग्न रहँदै आएका थिए। विगत वर्षदेखि चौकी इन्चार्ज रहँदै आएका यादवको मिलेमतोमा गाईगोरु, धान, घरेलु मदिरा, चिनी, तेल लगायतका सामग्रीको अवैध ओसारपसार व्यापक रूपमा हुँदै आएको थियो।

अघिल्लो वर्ष धान तस्करी प्रकरणमा सशस्त्र प्रहरी बलको टोलीमाथि कारबाही भए पनि यादव भने जोगिँदै आएका थिए। स्रोतका अनुसार उनले पूर्व एसपी रविन्द्र बहादुर सिंहलाई मासिक रकम बुझाउँदै आएको कारण कारबाहीबाट बच्दै आएका थिए।

सर्लाहीमा हालै पदभार ग्रहण गरेका एसपी योगेन्द्र कुमार खड्काले लिएको �

ताजा अपडेट

खोजी गर्नुहोस