मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एकजना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १४, मंगलबार (९ महिना अघि)
  • ३ पटक पढिएको
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एकजना घाइते

बुटवल,१३ जेठ। नवलपरासी (पूर्व)को मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

आज बिहान ६ बजे चोरमारातिर आउँदै गरेको लु९प८११६ नम्बरको मोटरसाइकल मध्यविन्दु नगरपालिका-७ अम्रसा जंगलको भित्री बाटोमा दुर्घटना भएको हो ।

दुर्घटनामा मध्यविन्दु- ७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही ठाउँका २२ वर्षीय रादिम मिधुन को उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पश्चिम नवलपरासीको बर्दाघाट नगरपालिका-५ घर भई चोरमारामा टायल-मार्बल सम्बन्धी मिस्त्री काम गर्ने २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस